काठमाडौं– सहिद स्मृति ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सोमबारबाट स्थानीय टुँडिखेलमा हुने भएको छ। युथ फर नेसन (वाइएफएन) नेपालले आयोजना गर्ने प्रतियोगितामा काठमाडौंका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहिद दिवसको अवसरमा हुने प्रतियोगिता माघ २७ सम्म चल्नेछ।राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल आयोजक वाइएफएनको प्रशिक्षकको भूमिकामा रहने छन्।
शनिबार पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले स्थानीय खेलाडीको क्षमता बढाउन प्रतियोगिताले सहयोग गर्ने बताए। उनले भने, 'काठमाडौंमा प्रायः राष्ट्रिय स्तरको प्रतियोगिता बढी हुन्छन्। त्यसमा धेरै स्थानीय खेलाडीले खेल्ने अवसर पाउँदैनन्। काठमाडौंमा स्थानीयस्तरको प्रतियोगिता आवश्यक छ।' आफूले क्रिकेट करियर टँुडिखेलबाट खेलेर सुरु गरेको ज्ञानेन्द्रले बताए। 'प्रतियोगिताले काठमाडौंमा नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास लिएका छौं,' उनले भने।
स्थानीय प्रतियोगिता भए पनि राष्ट्रिय स्तरका खेलाडीले जुनसुकै क्लबसँग आबद्ध भएर खेल्न पाउने वाइएफएनका अध्यक्ष रसेल श्रेष्ठले बताए।
नकआउटका आधारमा हुने प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त छन्। उत्कृष्ट ब्याटसम्यान, बलर र म्यान अफ द सिरिजलाई पनि पुरस्कृत गरिने बताइएको छ।
प्रतियोगितामा आयोजक टोलीसहित त्रिचन्द्र कलेज, शान इन्टरनेसनल, क्लासिक कलेज, काठमाडौं च्यालेन्जर्स, काठमाडौं क्रिकेट टे्रनिङ सेन्टर, लभ्ली नवयुवा, मनमैंजु, यंगाल, टिपटप, हिमालयन क्रिकेट एकेडेमी 'ए' र 'बी', कोटेश्वर, क्यानन, साउथ वेस्ट र क्रिक लभर्स टिमले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्।