काठमाडौं- नेपालले विश्व ट्वान्टी–२० क्रिकेटको तयारी युएईमा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को कार्यक्रमअनुसार नेपालले युएईमा ट्वान्टी–२० विश्वकप तयारी गर्न लागेको हो। प्रशिक्षक पुबुदु दासानायकेका अनुसार नेपाली टोली आइसिसीको विशेष प्रशिक्षणका लागि मार्च १ मा युएई लाग्नेछ। ८ दिनको विशेष प्रशिक्षणपछि नेपाली टोली युएईबाट मार्च १० मा बंगलादेश जाने कार्यक्रम छ।विश्व ट्वान्टी–२० मार्च १६ देखि बंगलादेशमा हुँदैछ। नेपालले चित्तागोङमा मार्च १६ मा हङकङ, मार्च १८ मा बंगलादेश र मार्च २० मा अफगानिस्तानसँग पहिलो चरणमा खेल्दैछ।
एकदिवसीय वरियतामा नवौं र दसौं स्थानका बंगलादेश र जिम्बावेसँगै एसोसिएटबाट छनोट भएका ८ राष्ट्रले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक दासानायकेका अनुसार आइसिसीले विश्वकप खेल्न लागेका सबै ६ एसोसिएट टोलीका लागि युएईमा विशेष क्याम्प राख्न लागेको हो। नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, आयोजक युएई, नेदरल्यान्ड्स र हङकङले युएईमा विशेष प्रशिक्षण लिने छन्।
'नेट्स, मैदान, प्रोब्याटर, आउटडोर सबै त्यहाँ उपलब्ध हुनेछ,' दासानायकेले नागरिकसँग भने, 'हामीले बंगलादेशमा हङकङ र बंगलादेशसँगको खेल फ्लडलाइटमा खेल्दैछौं। त्यसैले हामीले केही अभ्यास खेल फ्लडलाइटमा राखिदिन अनुरोध गरेका छौं।' उनका अनुसार विश्व ट्वान्टी–२० मा आफ्नो समूहमा नरहेका टोलीसँग नेपालले केही अभ्यास खेल खेल्ने सम्भावना छ।
प्रोब्याटरमा खेल्नु नेपाली खेलाडीका लागि नौलो हुने कप्तान पारस खड्का बताउँछन्। बंगलादेशका कुनै खेलाडीको बलिङमा नेपाली ब्याट्सम्यानले खेल्न चाहे प्रोब्याटरले जुन खेलाडीको बलिङ चाहेको हो त्यही एक्सनमा बल फ्याँकिदिन्छ।
आइसिसीको विशेष प्रशिक्षण कार्यक्रम आउनुअघि नेपालले श्रीलंकामा तयारी गर्ने कार्यक्रम बनाएको थियो। युएई जाने भएपछि नेपालले श्रीलंकाको सबै कार्यक्रम रद्द गरेको दासानायकेले बताए। नेपालले बंगलादेशमा पनि आइसिसीको दुई आधिकारिक अभ्यास खेल खेल्नेछ।
दासानायकेको अनुसार नेपालले मार्च ११ देखि १४ भित्र आइसिसीको आधिकारिक अभ्यास खेल्नेछ। 'हाम्रो समूहमा नरहेकाले जिम्बावेसँग हामीले आधिकारिक अभ्यास खेल खेल्ने सम्भावना छ,' दासानायकेले भने। नेपालले विश्व ट्वान्टी–२० का लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरिसकेकको छ। फेब्रुअरी १४ बाट काठमाडौंमा त्यसका लागि बन्द प्रशिक्षण सुरु हुनेछ। त्यसअघि नै अन्तिम १५ खेलाडी र ४ वैकल्पिक खेलाडी छनोट गरिने उनले बताए। फेब्रुअरी ९ वा १० मा नेपाली टोलीको अन्तिम छनोट गरिनेछ।