काठमाडौं– सिएमजी क्लब संकटा सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपर–६ सुरक्षित गर्ने चौथो टोली बनेको छ। यसअघि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, लक्ष्मी बैंक थ्री स्टार र नेपाल पुलिस क्लबले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन्।
दशरथ रंगशालामा सोमबार संकटाले यती हिमालयन शेर्पामाथि लिगको विजय यात्रालाई निरन्तरता दिँदा सोमबार २–१ को विजयी नतिजा निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो। गत वर्ष पनि हिमालयनविरद्ध संकटाले १–० को विजय नतिजा निकालेको थियो।
सोमबारै एपिएफ क्लब र सिमि्रक सरस्वती युवाले २–२ को बराबरी खेलेका छन्। जारी लिगमा अब सुपर सिक्समा पुग्ने दुई टोलीको टुंगो लाग्न बाँकी छ। रेलिगेसनमा परिसकेका श्रीनाथ आरसिटी र ब्वाइज युनियन तथा आर्मीबाहेक बाँकी ६ टोलीको सुपर सिक्स पुग्ने सम्भावना जीवित छ। सुपर सिक्सका बाँकी दुई स्थानका लागि गणितीय सम्भावना बोकेका एपिएफ, एनएमबी मछिन्द्र, हिमालयन शेर्पा, एनआईबिएल फ्रेन्ड्स, सामसुङ जावलाखेल र सरस्वती प्रतिस्पर्धामा छन्।
गत वर्ष लिगमा १६ टोलीको सहभागिता रहँदा संकटाले ११औं स्थानमा रहेर सिजन अन्त्य गरेको थियो। सोमबार हिमालयन शेर्पाविरुद्ध संकटाका राजीव गुरुङ र कालु थापाले गोल गरे। ६५औं मिनेटमा वर्षात गुरुङको कर्नरमा राजीवले हेड गोल गरेका थिए। हिमालयनका दोस्रो रोजाइका गोलकिपरको गल्तीमा संकटाले ६८औं मिनेटमा अग्रता दोब्बर पार्योो। कालुको लामो प्रहार गोलकिपर सागर गुरुङको हातबाट फुत्किएर पोस्टभित्र पुगेको थियो। मुख्य गोलकिपर विनय श्रेष्ठको पुरानो चोट बल्भि्कएपछि ६०औं मिनेटमा मैदान छाडेका थिए।
संकटाका प्रशिक्षक राजुकाजी शाक्यले सुपर सिक्स पुग्दा टोलीलाई धैरै अर्थमा फाइदा हुने बताए। उनले भने, 'खुसी छु। हाम्रो सुपर सिक्स पुग्ने लक्ष्य पूरा भएको छ। सुपर सिक्समा प्रदर्शन जस्तो भए पनि भविष्यमा सुधार गर्न सहयोग मिल्छ। टिममा नयाँ खेलाडी धेरै छन्। सुपर सिक्समा बलियो टोलीसँग खेल्न पाइन्छ। यसले आगामी वर्षको लिगमा राम्रो गर्न सहयोग हुनेछ।'
प्रशिक्षक शाक्यले प्रदर्शनमा एकरुपता नहुनु र भरपर्दो स्ट्राइकर नहुदाँ टोलीलाई सुपर सिक्समा अप्ठेरो पर्न सक्ने बताए।
हिमालयन शेर्पाका पाल्साङले समय सकिन एक मिनेट बाँकी रहँदा हेमन्त थापामगरको सहयोगमा गोल गरेका थिए। हेमन्तको कर्नरमा पाल्साङले पोस्ट नजिकैबाट हेड गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे।
हिमालयन शेर्पाका प्रशिक्षक विकास गौचनले मुख्य गोलकिपर घाइते हुँदा टोलीले दबाब सामना गरेको बताए। उनले भने, 'पुरानै समस्या कारण मुख्य गोलकिपर विनयले पूरा समय खेल्न सकेनन्। दोस्रो रोजाइका सागर मैदानमा नर्भस भए। लामो प्रहारमा पनि उनले सही अनुमान गर्न सकेनन्।' सुपर सिक्समा पुग्न टोलीले धेरै मेहनत गर्नुपर्ने गौचनले औंल्याए। शेर्पाले अन्तिम खेल सरस्वतीसँग खेल्नेछ।
एपिएफ र सरस्वतीचको खेलमा चारै गोल पहिलो हाफमा भए। एपिएफले नवौं मिनेटमा नवीन लामाको गोलबाट अग्रता लियो। कप्तान गणेश लावतीको क्रसमा नवीनको हेड पोलमा लाग्दै गोल भयो। पियुस हेनरी किसामवेलले ३४औं मिनेटमा फ्रिकिकमा गोल गर्दै खेल बराबरी गरे। त्यसको २ मिनेटमै पियुसले दोस्रो गोल गरेपछि सरस्वतीले खेलमा २–१ को अग्रता बनायो। ३६औं मिनेटमा दिपेश श्रेष्ठको पासमा पियुसले हेड गोल गरेका थिए। तर रञ्जन विष्टको गोलबाट एपिएफले खेल २–२ को बराबरी गर्योद। ४३औं मिनेटमा रञ्जनले करिब २५ यार्डबाट गरेको सशक्त प्रहार सोझै गोलमा परिणत भयो। एपिएफ प्रशिक्षक कृष्ण थापाले सरस्वतीसँगको बराबरीले सुपर सिक्स पुग्ने लक्ष्य कठिन भएको बताए। उनले भने, 'आज जितेको भए सुपर सिक्स पक्का हुन्थ्यो। अब अरुको नतिजामा भर पर्नुपर्छ।' रक्षक नर्भस हुँदा टोलीको प्रदर्शनमा असर गरेको उनको तर्क थियो। 'गोल खाएपछि रक्षक अलि धेरै नर्भस हुने समस्या छ। यसले हामीलाई सुपर सिक्समा गए पनि अप्ठेरो पार्न सक्छ। रक्षापंक्तिबाट म अझै ढुक्क हुन सकेको छैन, उनले भने।
सरस्वतीका प्रशिक्षक अशोक केसीले एपिएफसँग बराबरी खेल्नु टोलीको सफलता भएको बताए। उनले भने, 'एपिएफ बलियो टोली हो। आज बराबरी खेल्दा खुसी छु। हामीसँग युवा खेलाडी धेरै छन्। त्यसैले खेलमा अग्रता लिएर पनि जोगाउन सकिएन।' आगामी दिनमा खेलाडीको क्षमता बढाउन केन्द्रित हुने केसीले बताए। 'हामीसँग युवा खेलाडी धेरै छन्। उनीहरूले अझै धेरै कुरा सिक्न बाँकी छ। उनीहरूको क्षमता बढाउन सके क्लबले अर्को वर्ष राम्रो नतिजा निकाल्ने छ,' उनले भने।
लिगमा मंगलबार
फ्रेन्ड्सविरुद्ध मनाङ
थ्रीस्टारविरुद्ध आर्मी