काठमाडौं–एनआईबिएल फ्रेन्ड्स क्लबका उपाध्यक्ष दीपक थापा, टिम म्यानेजर अरबिन्द सिंह, अफिसियल विश्वासविक्रम शाहलाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले कारबाही गरेको छ। सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत माघ १५ मा थ्री स्टारविरुद्धको खेलमा रेफ्री श्रवण लामाको निर्णयप्रति आपत्ति जनाउँदै रेफ्रिमाथि हातपातसमेत गरेको अभियोगमा उनीहरूलाई कारबाही गरेको एन्फाले जनाएको छ।
अरबिन्दलाई १ वर्ष, दीपकलाई ६ महिना र विश्वासलाई ३ महिना एन्फाले गर्ने प्रतियोगितामा प्राविधिक क्षेत्र र भिआइपी कक्षमा जान प्रतिबन्ध लगाएको छ। त्यस्तै एन्फाले क्लबलाई१५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ। यसैगरी एन्फाले फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसीलाई खेल मर्यादा विपरीत गलत अभिव्यक्ति नदोहोर्याेउन चेतावनी दिएको छ।