एक टोली टुंगो लाग्न बाँकी
२२ माघ २०७०
•
४ मिनेट पाठ
एक टोली टुंगो लाग्न बाँकी
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको सुपर सिक्स चरणका लागि पाँच टोलीको टुंगो लागिसकेको छ। अर्को एउटा टोलीको छनोटपछि सुपर सिक्सको समीकरण पूरा हुनेछ।

सुपर सिक्समा छनोट हुने अन्तिम टोलीको प्रतिस्पर्धामा एनएमबी मछिन्द्र (१६), यती हिमालयन शेर्पा (१५), सिमि्रक सरस्वती (१४) र सामसुङ जावलाखेल युथ (१३) छन्।

अन्तिम चरणको खेल बाँकी रहँदा श्रीनाथ आरसिटी (४) र ब्वाइज युनियन (४) रेलिगेसनमा परिसकेका छन् भने त्रिभुवन आर्मी (१३) र एनआईबिएल फ्रेन्ड्स क्लब (१२) सुपर सिक्सबाट बाहिरिसकेका छन्। अब हुने दुई खेलबाट सुपर सिक्सको अन्तिम टोलीको छिनोफानो हुनेछ। सुपर सिक्सको दौडका हिमालयन र सरस्वतीले बिहीबार तथा मछिन्द्र र जावलाखेलले शुक्रबार प्रतिस्पर्धा गरेपछि सुपर सिक्सको अन्तिम टोली टुंगो लाग्नेछ। छनोटका लागि तीन क्लब हिमालयन, सरस्वती र जावलाखेलसँग जितबाहेकको विकल्प छैन। बराबरी वा हारले तीनै टोली सुपर सिक्स पुग्नबाट वञ्चित रहने छन्। हिमालयन वा सरस्वतीमध्ये एकले जिते पनि अन्तिम निर्णयका लागि मछिन्द्र र जावलाखेलको नतिजा कुर्नुपर्नेछ। बिहीबारको खेलमा कुनै एउटा टोली जिते मछिन्द्रविरुद्ध उत्रनु अघि नै जावलाखेलको सुपर सिक्स सम्भावना सकिनेछ।

हिमालयन र सरस्वतीले बराबरी खेलेमा मछिन्द्र अन्तिम खेलअघि नै सुपर सिक्स पुग्नेछ। मछिन्द्रले हिमालयन र सरस्वती दुवैलाई हराइसकेको छ। हिमालयन जितेमा भने मछिन्द्रलाई पनि जावलाखेलमाथि जित्नैपर्ने दबाब हुनेछ। सरस्वती जितेमा भने मछिन्द्रले जावलाखेलसँग बराबरी खेल्दा पनि सुपर सिक्स पुग्नेछ। सरस्वतीविरुद्धको खेल जित्ने र जावलाखेलले मछिन्द्रलाई बराबरीमा रोकेमा हिमालयन शेर्पा सुपर सिक्सका लागि छनोट हुनेछ।

सुपर सिक्स पुगेका क्लब

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी

लक्ष्मी बैंक थ्री स्टार

नेपाल पुलिस

सिएमजी क्लब संकटा

एपिएफ

लिगमा बिहीबार

सरस्वतीविरुद्ध हिमालयन शेर्पा

आरसिटीविरुद्ध संकटा

सुपर सिक्स मंगलबारदेखि

लिगको सुपर सिक्स मंगलबारबाट दशरथ रंगशालामा हुनेछ। लिगको पहिलो चरण शनिबार सकिएपछि एन्फाले दुई दिनको विश्राम दिएको छ। सुपर सिक्समा जम्मा १५ खेल हुनेछ। सुपर सिक्समा ५ टोलीले एकअर्काविरुद्ध १–१ पटक खेल्नुपर्नेछ। एन्फाले हरेक दिन एक खेल ३ बजे सुरु गर्ने जनाएको छ। लगातार ३ दिनको खेलपछि एक दिनको विश्राम दिइने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए। क्लबहरूले लिगको पहिलो चरणमा प्राप्त गरेको अंक, गोलअन्तर सबै सुपर सिक्समा गणना गरिनेछ र त्यसैका आधारमा उपाधि विजेता र उपविजेतालगायतको टुंगो लाग्नेछ। लिग फागुन १७ गते सकिनेछ। लिगको विजेताले ७५ लाख, उपविजेताले ४५ लाख, तेस्रोलेे ३५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख र छैटौंले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
अर्को समाचार
महिला क्रिकेट टोलीको छनोट, कप्तान टुंगो लाग्न बाँकी
३० असोज २०६९
•
३ मिनेट पाठ
महिला क्रिकेट टोलीको छनोट, कप्तान टुंगो लाग्न बाँकी
काठमाडौं, कात्तिक १ (नागरिक)- गीता चूडाल, संगीता गौचन र शिलु रिजाल एसिसी महिला ट्वान्टी-२० एसिया कपका लागि छनोट टोलीको अन्तिम छनोटमा परेनन्।

नेपाल क्रिकेट संघ (क्यान) ले टोली छनोटबारे औपचारिक घोषणा नगरे पनि सूत्रका अनुसार काठमाडौं (क्षेत्र ३) का खेलाडीहरू अन्तिम छनोटमा स्थान बनाउन असफल भएका छन्।
कात्तिक ८ देखि १५ सम्म चीनको ग्वाङ्झाउमा हुने प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, चीन, हङकङ र थाइल्यान्ड सहभागी हुुनेछन्। एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपटक गर्न लागेको प्रतियोगिताको नेपाल समावेश समूह 'बी' बंगलादेश, श्रीलंका र चीन छन्।
नेरी थापा, नीरा राजोपाध्याय, रुबिना क्षेत्री, सरिता मगर, सीता मगर, करुणा भण्डारी, रश्मी शर्मा, मनीषा रावल, ममता थापा, इन्दु बर्मा, सोनु खड्का, रोशनी बोहोरा, रेखा रावल, शोभा आले र ममता चौधरी १५ सदस्यीय नेपाली टोलीमा छन्। शोभा र ममता पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्। शोभाको सिधै पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ। ९ दिनअघि सुरु भएको बन्द प्रशिक्षणमा १८ खेलाडीमा गीता, संगीता र शिलु सम्मिलित थिए। ममता यसवर्ष नेपालले एसिसी यु-१९ महिला च्याम्पियनसिप जित्दाका प्रमुख खेलाडी हुन्।
एसिसीको वेबसाइटका अनुसार नेपाली टोलीको व्यवस्थापकमा शैलेशकुमार चौधरी र फिजियोमा अमृता पौडेल छन्। प्रशिक्षकमा श्यामसनजंग थापा छन्। बेवसाइटमा कप्तानमा नेरी थापालाई राखिएको छ। क्यान सूत्रका अनुसार कप्तानको विषयमा अझै टुंगो लागेको छैन।
पोखरामा भएको वाईवाई महिला राष्ट्रिय प्रतियोगिताको फाइनलमा एपिएफ क्लबविरुद्ध चोट बोकेकी नेरीले दुई दिनबाट मात्र नेटमा अभ्यास गर्न लागेकी हुन्। उनको अनुपस्थितिमा नीराले टोली संयोजन गरेकी थिइन्। तर नीरा कप्तान बन्न अनिच्छुक रहेको बताइएको छ। तेस्रो विकल्पका रूपमा रुबिनाको नाम सूचीमा राखिएको छ।
नेपालले पहिलो खेल कात्तिक ९ मा श्रीलंकासँग खेल्नेछ। नेपालले बंगलादेशसँग कात्तिक १ ० र चीनसँग कात्तिक १ ३ मा खेल्नेछ। सेमिफाइनल र फाइनल कात्तिक १ ४ र १५ मा हुनेछ। गत वर्ष कुवेतमा सम्पन्न एसिसी महिला ट्वान्टी-२० कपको सेमिफाइनलमा पुगेर नेपाल यस प्रतियोगितालाई छनोट भएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस