काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब दोस्रो स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलामा एपिएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस दोस्रो स्थानमा उक्लिएको हो।
पहिलो चरणको अन्तिम खेलको ४२औं मिनेटमा एपिएफका सचिन्द्र धिमालले डिबक्सभित्र ह्यान्ड गरेपछि पुलिसले पेनाल्टी पाएको थियो। कप्तान भोला सिलवालले पेलाल्टीमार्फत् गोल गर्दै पुलिसलाई १-० को अग्रता दिलाए।
त्यस्तै खेलको ७७औं मिनेटमा जुमानु राईले गोल गर्दै पुलिसको अग्रतालाई दोब्बर पारे। एपिएफले गोलका लागि धेरै प्रयास पुलिसका गोलरक्षक रितेश थापाले असफल गरेपछि एपिएफले पहिलो चरणको अन्तिम हार बेहोर्नुपर्योग। यो खेलसँगै नेपाल पुलिस २२ अंकका साथ दोस्रो स्थानमा र एपिएफ १८ अंकका साथ ५औं स्थानमा छ।