काठमाडौं– ग्रेट हिमालय क्रिकेट क्लब 'ए' र काठमाडौं क्रिकेट टे्रनिङ सेन्टरले आइतबार सहिद स्मृतति टी–२० क्रिकेटको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा आयोजक युथ फर नेसन (वाइएफएन) नेपाल र मनमैंजु क्रिकेट क्लब भिड्ने छन्।शनिबार टुँडिखेलमा मनमैंजुले लभ्ली नवयुवा क्रिकेट क्लबलाई २ विकेट र वाइएफएनले ग्रेट हिमालय 'बी' लाई २९ रनले हराए। टस जितेको लभ्लीले २० ओभरमा ७ विकेट गुमाई १ सय १७ रन बनायो। नवीन पटेलले ५० र श्यामबाबु गुप्ताले २२ रन जोडे। मनमैंजुका बिक्की साहले ४ र नवीन पटेलले २ विकेट लिए। नवीन प्लेयर अफ द म्याच भए। जवाफमा मनमैंजुले १८ ओभरमा ८ विकेटमै लक्ष्य पूरा गर्योे। नवीन जोशीले ३७ र बिजु सापकोटाले २१ रन जोडे।
अर्को खेलमा टस जितेको वाइएफएन १९.४ ओभरमा १ सय २२ रन बनाएर अलआउट भयो। प्लेयर अफ द म्याच अरिफ अहमदले ३७ र प्रमोद रेग्मीले २८ रन जोडे। जवाफमा ग्रेट हिमालयले २० ओभरमा ९ विकेट गुमाउँदा ९३ रनमात्र बनाउन सक्यो। पुरुषोत्तम झाले २३ रन बनाए। वाइएफएनका अरिफ अहमदले २ विकेट लिए।