काठमाडौं– एपिएफ, न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले नवौं ढोरपाटन ब्लुस्काई टिभिएस कप डबल लिग महिला भलिबलमा आइतबार जित हात पारेका छन्। जारी प्रतियोगितामा एपिएफ ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ। जारी प्रतियोगितामा अविजित एक्लो टोली एपिएफले सबै १२ खेल जितेको छ। ३३ अंकसहित न्यु डायमन्डले एपिएफलाई पछ्याइरहेको छ।
१२ खेलमा न्यु डायमन्डले ११ जित निकालेको छ। टोली पहिलो चरणमा एपिएफसँग पराजित भएको थियो। प्रतियोगिताको अर्को दाबेदार पश्चिमाञ्चल २७ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा कायम रहने क्रममा एपिएफले आइतबार पशुपती क्याम्पसलाई सोझो सेटमा २५–७, २५–४, २५–७ ले पराजित गर्योस। न्यु डायमन्डले चण्डेश्वरी युवा क्लबलाई २५–१२, २५–६, २५–१२ ले हरायो। एपिएफ र न्यु डायमन्डलाई पछ्याइरहेको पश्चिमाञ्चलले आइतबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा हरायो। पहिलो सेटमा २७–२५ को संघर्षमय अग्रता लिएको टोलीले त्यसपछिका दुई सेट क्रमष : २५–१४, २५–४ पक्षमा पार्योए।
आइतबारै सम्पन्न अन्य खेलमा आयोजक ढोरपाटन स्पोर्टस क्लबले पशुपती क्याम्पसलाई २५–२१, २५–२०, २५–२१ ले हरायो। जावलाखेलले चण्डेश्वरीलाई २५–५, २५–२३, २५–१३ ले पराजित गर्यो । नेपाली महिला भलिबलमा सर्बाधिक पुरस्कार भएको प्रतियोगिताको विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख २० हजार र तेस्रो हुनेले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट, उदीयमान र वर्ष खेलाडीलाई आयोजकले टिभीएस स्कुटर दिने बताएको छ।