काठमाडौं– दाबेदार नेपालले एसिसी वुमन्स प्रिमियरमा मंगलबार इरानसँग पहिलो खेल खेल्ने छ। थाइल्यान्डमा सुरु हुने प्रतियोगितामा नेपाल, इरानसँगैं आयोजक, चीन, हङकङ र भुटानले प्रतिस्पर्धा गर्नेछ। च्याङमाइको जिमखाना मैदानमा हुने खेलमा नेपाललाई जित्न खासै गाह्रो नहुने अनुमान गरिएको छ। गत वर्ष थाइल्यान्डमै भएको एसिसी वुमन्स च्याम्पिनसिपका शीर्ष ६ टोलीलाई प्रिमियरमा खेल्दै छन्। प्रतियोगितामा नेपाल तेस्रो हुँदा इरान छैटौं भएको थियो।
महिला राष्ट्रिय टोलीको प्रतिस्पर्धामा नेपाल र इरान यसअघि एक पटकमात्र भिडेका छन्। २००९ मा मलेसियामा भएको एसिसी वुमन्स ट्वान्टी–२० च्याम्पियनसिपमा नेपालले ६२ रनले खेल जितेको थियो। एसियाली क्रिकेट परिषद (एसिसी) ले नया संरचनामा आफ्नो प्रतियोगिता ढालेपछिको एसिसी वुमन्स प्रिमियर पहिलो प्रतियोगिता हो।
थाइल्यान्डमा हुने प्रिमियर ४० ओभरको हुनेछ। नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ४० ओभरको खेलको सामना गर्न लागेको हो। नेपाललाई प्रतियोगिताको दाबेदार टोली मानिएको छ। प्रशिक्षक उमेश उपाध्याय र कप्तान रुविना क्षेत्रीले नेपाल उपाधिको लागि खेल्ने बताइसकेका छन्। काजोल श्रेष्ठ नेपाली टोलीकी एकमात्र नया अनुहार हुन्। तर उनले इरानसँगकै खेलमा …डेब्यु' गर्ने सम्भावना कम छ।
नेपालले २००७ देखि महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै आएको छ। मलेसियामा भएको पहिलो प्रतियोगितामै फाइनलमा पुगे पनि एसिसीले आयोजना गर्ने २० वा २५ ओभरका खेलहरुमा नेपाल त्यसपछि सेमिफाइनलमै रोकिदैं आएको छ। नया संरचनाको प्रतियोगितामा पुरानै लय समात्ने नेपालको लक्ष्य छ।