लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी
३१ बर्षअघि स्थापना भएको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब नेपाली फुटबलको सफल क्लब मध्ये गनिन्छ। २०४३ सालमा पहिलो पटक लिग जितेको मनाङका लागि २०६० सुखद बर्ष रह्यो। अर्जुन लामाको प्रशिक्षणमा मनाङले त्यो बर्ष लिगसहित पाँच महत्वपूर्ण उपाधि जितेको थियो।मनाङ आरसिटीसँगै सर्वाधिक छ पटक लिग जित्ने कीर्तिमान समेत बनाइसकेको छ। घरेलु फुटबलका प्रतिष्ठित गोर्खा कप, एनसेल कप, पोखराको आहा, धरानको बुढा सुब्बालगायत सबै खाले नकआउट जितिसकेको छ। ठिक दस बर्षपछि मनाङ फेरी बर्षको पाँचौं उपाधि जित्ने अभियानमा अघि बढि रहेको छ। यो बर्ष गोर्खा कप, किङ्स कप (भुटान), सफल पोखरा र एनसेल कप जितिसकेको मनाङ लिगको पहिलो चरणको समाप्तीमा शीर्षस्थानमा छ। २ अंकको अग्रताका साथ मनाङ ८ बर्षपछि लिग च्याम्पियन बन्ने योजनामा छ। यो सिजन मनाङले खेलेका सबै खाले प्रतियोगितामा गरि ३६ खेलमा मात्र ४ वटा मात्र गुमाएको छ।
लक्ष्मी बैंक थ्रीस्टार क्लब
नेपाली फुटबलमा समर्थकका हिसाबले धनी क्लबमा पर्छ। २०३१ सालमा स्थापाना भएपनि थ्रीस्टारले २०३९ सालदेखि ए डिभिजन फुटबल खेल्दै आएको छ। थ्रीस्टार नेपाली फुटबलमा प्रायोजक भित्रयाउनेमा पहिलो क्लब हो।
थ्रीस्टारले २०५४, २०६१ र २०६९ सालमा सहिद स्मारक ए डिभिजन लिग जितेको थियो। तीन पल्ट सहिद स्मारक ए डिभिजन लिग उपाधि जितेको थ्रीस्टार जारीको पहिलो चरण सकिदा दोस्रो स्थानमा छ।
२४ अंक जोडेको थ्रीस्टार शिर्ष स्थानको मनाङ भन्दा २ अंकले पछि परेको छ। राष्ट्रिय टोलीका खेलाडीले भरिएको थ्रीस्टार लिग उपाधि रक्षा तर्फ अगाडी बढिरहेको छ।
राष्ट्रिय टोलीका मुख्य रक्षक सन्दिप राई, विराज महर्जन, सविन्द्र श्रेष्ठ, गोलकिपर किरण चेम्जोङ र स्ट्राईकर सन्तोष साहुखलको साथले टोली बलियो देखिन्छ। पहिलो चरणको अन्तिम खेलमा मनाङलाई १–० ले हराउँदै थ्रीस्टारले लिग उपाधि दौडलाई फराकिलो पारेको थियो।
नेपाल पुलिस क्लब
घरेलु फुटबलको लिग वा नकआउट दुवै प्रतियोगिताको सदवहार दाबेदार मध्ये नेपाली पुलिस क्लब एक हो। देश भित्रका सबै खाले नकआउट उपाधि भित्राइसकेको पुलिसले आधुनिक लिगमा भने २०६० मा आएर मात्र प्रवेश पाएको थियो। तीन बर्षपछि २०६३ मा पहिलो पटक लिग जित्यो। विराटकृष्ण श्रेष्ठको आगमनसँगै पहिलो पटक लिग जितेको पुलिसले त्यसपछि लगातार दुई पटक लिग जित्दै ह्याटि्रक गर्योल। तीन पटक च्याम्पियन र विवादको समयमा दुई पटक पूर्व च्याम्पियनको हैसियतमा गरि पाँच पटक एएफसी प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गर्यो । प्रेसिडेन्ट्स कपमा भाग लिने चार मध्ये पुलिस सबैभन्दा सफल टोली हो। सन् २००७ मा पुलिसले फाइनल खेलेको थियो। विराटकृष्णको नेतृत्वमा सधै च्याम्पियनको छवि बनाएको पुलिसका लागि गत सिजन भने कठिन रह्यो। बल्ल तल्ल सुपर एटका लागि छनोट भएको टोलीले सातौंमा रहँदै लिगको अन्त्य गर्योस। लिगमा पुलिसको अहिले सम्मको खराब प्रदर्शन त्यहि थियो। अहिले पुनः पुलिस आफनो पुरानै शैलीमा फर्किएको छ। केही नयाँ र पुराना खेलाडीको समिश्रणमा टोलीले सन्तुलित प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेको छ।
सिएमजी क्लब संकटा
विस २००८ सालमा स्थापना भएको संकटा नेपाली फुटबलमा पुरानो क्लब मध्ये एक हो। संकटाले तीन पल्ट लिग उपाधि जितेको छ। वि.सं २०३७, २०४० र २०४२ सालमा संकटाले सहिद स्मारक ए डिभिजन लिगको उपाधि हात पारेको थियो। संकटा २ वर्ष अघि ए डिभिजनमा उक्लिएको थियो। गत वर्ष १६ टिमले प्रतिस्पर्धा गरेको लिगमा संकटाले ११औं स्थानमा रहँदै लिग टुङग्याएको छ। राजुकाजी शाक्यको प्रशिक्षणमा संकटाले यसपल्ट चौथो स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ। पहिलो चरणमा गरेको प्रर्दशनका कारण संकटालाई जारी लिगको दाबेदारका रुपमा हेरिएको छ। नेपाल पुलिस र मछिन्द्रसँग संकटाले गोलरहित बराबरी खेल्यो। संकटाले साविक विजेता थ्रीस्टारलाई १–०ले हराएको थियो। मनाङसँग संकटा २–० ले पराजित भएको थियो।
एनएमबी मछिन्द्र
सन् १९७३ मा स्थापना भएको मछिन्द्र क्लबले २०६१ सालदेखि ए डिभिजन लिग खेल्दै आएको छ। क्लब स्थापनाको लामो इतिहास भएपनि मछिन्द्रले २९ वर्ष बी डिभिजन फुटबल खेले पश्चात माथिल्लो श्रेणीको फुटबल खेल्न सुरु गरेको हो। २०६६र २०६७ सालमा मछिन्द्र सहिद स्मारक ए डिभिजन लिगको छैटौं स्थानमा थियो। २०६८ सालमा रेलिगेसनबाट जोगिन सघर्ष गरेको मछिन्द्र १४औं स्थानमा थियो। २०६९ सालमा मछिन्द्रले छैटौं स्थानमा रहेर लिग टुङग्याएको थियो। जारी लिगमा लागि मछिन्द्रले स्वीडेन प्रशिक्षक योहाना कालिनलाई भित्रयाएको छ।बिदेशी प्रशिक्षकको प्रशिक्षणमा एकनासको प्रर्दशन गर्ने छबि बनाएको मछिन्द्र पाँचौ स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो। स्टार खेलाडी नभएपनि मछिन्द्रले जारी लिगमा एकनासको प्रर्दशन गर्ने टीमको छबि बनाएको छ। पहिलो चरणमा थ्रीस्टारसँग २–२ को बराबी खेलेको मछिन्द्रलाई पनि लिगको दाबेदारका रुपमा हेरिएको छ।
एपिएफ
पछिल्ला वर्ष रेलिगेसनबाट जोगिन सघर्ष गरिरहेको एपिएफले जारी लिगमा जारी लिगमा छबि सुर्धाने प्रर्दशन गरेको छ। १३ टिमले खेलेको लिगमा एपिएफ सुपर सिक्समा पर्ने अन्तिम टोली हो। २०६२ सालमा सोझै ए डिभिजन फुटबल खेल्ने अवसर पाएको एपिएफले पहिलो वर्ष पाँचौ स्थानमा रहयो। २०६३सालमा पनि एपिएफ लिगको पाँचौ स्थानमा थियो । तर पछिल्ला वर्ष टोलीको लागि रेलिगेसनलाई टार्नु नै मुख्य चुनौति बन्दै गएको थियो। एपिएफले २०६६ देखि २०६९ साल सम्म एपिएफले रेलिगेसनबाट जोगिन सघर्ष गरेको थियो। एपिएफ २०६७ सालको लिगमा १०औं स्थान, २०६८ सालमा १२औं र २०६९ सालमा १२औं स्थानमा रहदै रेलिगेसनबाट जोगियो। तर यसपल्ट एपिएफले सुधारिएको प्रर्दशन गदै सुपर सिक्समा थप राम्रो गर्ने लक्ष्य लिएको छ।