काठमाडौं- पुलिस र संकटा हारेर गुमाउने केही नभएको मानसिकताका साथ सुपरसिक्सको सुरुआत गर्दैछन्। लिग जित्ने सम्भावना बढाउँन दुवै टोली जोखिम उठाउन तयार छन्। समान २२ अंक लिएर पुलिस (तेस्रो) र संकटा (चौथो) स्थानमा छन्। त्यसैले जसले जित्यो उ उपाधि दौडमा अघि बढने भएकाले यो खेल आक्रामक हुने अनुमान छ। किनकी दुवै टोली सुपरसिक्सको पहिलो खेलमा मंगलबार अंक बाढने मुडमा हुने छैनन्। यि दुईले पहिलो चरणमा गोलरहित बराबरी खेलेका थिए।
पुलिसका प्रशिक्षक विराकृष्ण श्रेष्ठ च्याम्पियन एकमात्र लक्ष्य भएकोले जितको विकल्प नदेखेको बताउँछन्। 'यो अवस्थामा पुगेर कसैले अंक गुमाउँछ भने त्यो उपाधि दौडबाट बाहिरीन सक्छ। त्यसैले सबै जित चाहन्छन्। पुलिसको पनि एकमात्र लक्ष्य च्याम्पियन बन्ने हो,' श्रेष्ठ भन्छन्, 'हरेक नयाँ यात्राको पहिलो खेल महत्वपूर्ण हुन्छ। त्यो खेल गुमाउनु हुन्न।'
संकटालाई हराउन सजिलो नभएको उनी स्विकार्छन। 'संकटाको गोलकिपर, रक्षापक्ति र सेन्टर फरवार्ड निकै चुस्त छ। उनीहरुको मिडफिल्ड कमजोर छ,' उनले भने, 'संकटा जो सुकैलाई पनि हराउन सक्ने टोली हो। उनीहरुले अपेक्षाभन्दा राम्रो खेलिरहेका छन्। मानसिक रुपमा पनि बलिया छन्।'
टोली फर्ममा रहेको जनाउँदै संकटाका प्रशिक्षक राजुकाजी शाक्य भन्छन्, 'चोटका कारण ओलावाले आफिज नहुँदा अग्रपंक्तिमा समस्या छ। तर, अहिले उच्च प्रदर्शन गरिरहेकोले आत्तिनुपर्ने छैन।' सुपरसिक्समा विना दबाव खुलेर खेल्ने संकेत गर्दै शाक्य भन्छन्, 'पूरा जोखिम लिएर खेल्ने हो। जित्दा माथि जाने सम्भावना रहन्छ। हार्दा पनि शीर्ष ६ बाट तल झर्नुपर्ने छैन। त्यसैले अब डराउने भन्ने हुँदैन। सुपर लिगमा कडा टक्कर हुने निश्चित छ।'
पहिला जस्तो 'म्याच विनर' खेलाडी टोलीमा नरहेपनि टोलीले उपाधिको दाबेदार प्रस्तुत गर्नेमा श्रेष्ठ आशावादी छन्। 'सिनियर र जुनियरमा समन्वय अभाव छ। त्यसका वावजुद पनि टोली नराम्रो छैन,' उनी भन्छन्।
सुपर लिगमा मंगलबार
पुलिसविरुद्ध संकटा (३ बजे)