काठमाडौं– चौथो हिरो कान्तिपुर हाफ म्याराथन फागुन ७ मा हुने भएको छ। कान्तिपुर पब्लिकेशन्सको वार्षिकोत्सवमा हुने म्याराथनमा २ हजार ५ सयले भाग लिने अनुमान छ।
हाफ म्याराथनसँगै कर्पोरेट–मिडियाको ५ किलोमिटर दौड, ह्विलचेयर (३ किमि) र वाकाथन गरिने रेस डाइरेक्टर सुशीलनरसिंह राणाले बताए। म्याराथनको शीर्ष ६ स्थानमा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले बतायो। विजेता पुरुष–महिला खेलाडीले समान ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथोले १० हजार, पाँचौंले ५ हजार र छैटौंले ३ हजार रुपैयाँ पाउने छन्।
हाफ म्याराथनमा विगतको कीर्तिमानलाई तोड्ने धावक/धाविकालाई २५ हजार रुपैयाँ प्रदान गरिने छ। ह्विलचेयर पुरुष/महिला तथा कर्पोरेट–मिडियातर्फका विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ पाउने छन्।