काठमाडौं– एनएमबी मछिन्द्रले बहादुरीपूर्ण प्रदर्शन गर्दै सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सुपर सिक्समा लक्ष्मी बैंक थ्री स्टार क्लबलाई २–१ ले पराजित गरेको छ। मछिन्द्रको जितमा स्ट्राइकर कर्ण लिम्बु खेलको नायक बने। इन्जुरी समयको अन्तिम मिनेटमा कर्णले विजयी गोल गरेका थिए। ५ मिनेट इन्जुरी समय थपिएको थियो। खेल १–१ को बराबरी सकिन लाग्दा मछिन्द्रका गोलकिपर दिनेश थापामगरको लामो प्रहार ट्याप गर्दै कर्णले त्यसमै गोल गरे। थ्री स्टार गोलकिपर किरण चेम्जोङ अगाडि बढेका थिए।
बुधबारको गोलपछि कर्ण जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनको गोलसंख्या ८ पुगेको छ। पुलिसका भोला सिलवाल ७ गोल गरी दोस्रो स्थानमा छन्। कर्णले थ्री स्टारविरुद्धको विजयी गोललाई करियरकै अविस्मरणीय भएको बताए। २७ वर्षे उनले भने, 'मेरो गोलले थ्री स्टारलाई हराउँदा खुसी छु। यस्तो अवसर सधंै पाइँदैन। खेलमा धैर्य र मेहनत चाहिन्छ। आज हाम्रो टिमले त्यो देखाएकाले सफल भयौं।'
उनले ठूलो क्लबसँग खेल्दा दबाब हुने बताउँदै भने, 'आज हामीले १० खेलाडीमा खेल्नुपरेको थियो। यस्तो बेला सबै साथीले थप मेहनत गरे। त्यसकै परिणाम मैले अन्तिम सयममा अवसर पाउँदा गोल गर्न सफल भएँ।'
खेलको सुरुआतै प्रकाश बुढाथोकीको गोलबाट थ्री स्टारले अग्रता लिएको थियो। सन्दिप राईको लामो पासमा प्रकाशले मछिन्द्रका रक्षक र गोलकिपर दिनेशलाई बिट गरेर खाली पोस्टमा गोल गरेका थिए। जारी लिगमा प्रकाशको यो दोस्रो गोल हो।
तर, १० खेलाडी सीमित मछिन्द्रले खेलमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्योल। थ्री स्टारका विक्रम लामालाई हात हालेपछि ४८औं मिनेटमा मछिन्द्रका अब्बुबाकार बाङ्गोरा (जाजा) ले रातो कार्ड पाए। बल अगाडि बढाएको बेला विक्रमले जाजालाई फाउल हाने। त्यसको जवाफमा जाजाले विक्रमलाई धक्का दिएर लडाएपछि रेफ्री नवीन्द्र महर्जनले सोझै रातो कार्ड दिए।
७९औं मिनेटमा मछिन्द्रले क्रिसोपे इसोमी (निको) को गोलबाट खेल १–१ को बराबरी गर्योब। उत्तम गुरुङको फ्रिकिक प्रहार थ्री स्टारका रक्षकले क्लियर गर्न नसक्दा हुलमुलमा इकोले पोस्ट नजिकैबाट गरेको प्रहार गोल भयो। पहिलो चरणमा मछिन्द्रले थ्री स्टारलाई २–२ को बराबरीमा रोकेको थियो।
मछिन्द्रका प्रशिक्षक योहान कालिन थ्री स्टारविरुद्धको जित महŒवपूर्ण भएको बताए। उनले भने, 'हामी जित्ने लक्ष्यसहित आएका थियौं। १० खेलाडीमा हुँदा दबाब झन बढ्छ। तर हामीले बराबरी गर्दै खेल जित्न सफल भयौं। धेरै खुसी छु। आगामी खेलमा थप राम्रो नतिजा निकाल्ने कोशिस जारी रहन्छ।'
मनाङविरुद्धको अब खेल लक्षित गर्दै कालिनले थपे, 'सबै टिमको हामी सम्मान गर्छौं। मनाङ राम्रो टिम हो। पक्कै पनि हामी जित्ने कोशिसमा हुनेछौं। मलाई विश्वास छ, मेरा खेलाडीले हरेक खेलमा राम्रो मेहनत गर्दै गइरहेका छन्। यो क्रम जारी राख्ने कोशिस गर्छौं।'
थ्री स्टारका प्रशिक्षक अञ्जन केसीले खेलाडीले आफ्नो अनुभव प्रयोग गर्न नसक्दा हार्नुपरेको बताए। उनले भने, 'टिममा अनुभवी खेलाडी छन्। तर उनीहरूले आफ्नो अनुभव प्रयोग गर्न सकेनन्। त्यसकै सजाय हो आजको हार। १० खेलाडी र आफूले अग्रता लिइरहेको बेला विपक्षीलाई होल्ड गरेर खेल्नुपर्ने हो। हामीले विपक्षीको रफ्तारमा खेल्ने कोशिस गर्यौं । अन्तिम समयमा सहज रूपमा लिँदा गोलको सामना गर्नुपर्यो।।'
१५औं मिनेटमा मछिन्द्रले शानदार मौका चुकायो। अजय बिकको प्रहार पोस्ट माथिबाट बाहिरियो। २२औं मिनेटमा मछिन्द्रको अर्को अवसर खेल गयो। मछिन्द्रका दिलेन लोक्तानको प्रहार थ्री स्टारका गोलकिपर किरणले पन्च गर्दा बल क्रस बारमा लागेर बाहिरियो। ३५औंं मिनेटमा थ्री स्टार निराजन खड्काले जगजित श्रेष्ठको पासमा गरेको प्रहार पोस्ट माथिबाट गयो। ७४औं मिनेटमा मछिन्द्रका उत्तम गुरुङको सशक्त प्रहार थ्रीस्टारका गोलकिपर किरणले पन्च गर्दै जोगाए। दोस्रो हाफको अन्त्यतिर थ्री स्टारका रक्षक सविन्द्र श्रेष्ठको क्रसमा क्यास्टोरी मुम्बाराले खालि पोस्ट पाएको अवसर खेर फाले।
लिगमा बिहीबार
मनाङ विरुद्ध एपिएफः (३ बजे)