काठमाडौं– लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका नवीन न्यौपानेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ वर्षे प्रतिबन्ध लगाएको छ। रेफ्री सुदीश पाण्डेलाई हातपात गरेर अनुशासनहीन कार्य गरेको भन्दै सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता निवमावली २०७० को नियम २१ को उपनियम ५ बमोजिम एक वर्ष खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ।
रेफ्री, रेफ्री एसेसर रिपोर्ट, म्याच कमिस्नर रिपोर्ट र भिडियो फुटेजका आधारमा नवीनलाई कारबाही गरिएको एन्फाले बताएको छ। जारी लिगको पहिलो चरणको अन्तिम खेलमा थ्री स्टार र मनाङबीचको खेलमा नवीनले रेफ्री पाण्डेलाई धकेलेका थिए। नवीनले रातो कार्ड पाए। त्योसँगै मैदानमा विवाद उत्पन्न भएको थियो। रेफ्रीको निर्णयबाट आक्रोशित मनाङ समर्थकले प्यारापिटको कुर्सी तोडफोडसमेत गरेका थिए। समर्थकले तोडफोड गरेकाले क्षतिपूर्तिस्वरुप मनाङलाई ३८ हजार ५ सय रुपैयाँसमेत जरिवाना गर्ने निर्णय गरेको एन्फा महासचिव धिरेन्द्र प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।