काठमाडौं– पहिलो खेलमा इरानलाई २ सय २१ रनले हराएर नेपालले एसिसी वुमेन्स प्रिमियर क्रिकेटमा दाबेदारी प्रस्तुत गरिसकेको छ। आयोजक थाइल्यान्डलाई बिहीबार हराउन सके नेपालको दाबेदारी थप बलियो हुनेछ।
त्यही कारण नेपाल थाइल्यान्डसँगको खेल कुनै पनि मूल्यमा गुमाउन चाहँदैन। यद्यपि थाइल्यान्ड इरानजस्तो सहज प्रतिद्वन्द्वी भने होइन। नेपालको महिला सिनियर क्रिकेटमा इतिहास थाइल्यान्डकै बलियो छ। अहिलेसम्म खेलेका ५ मध्ये ३ खेल थाइल्यान्डले जितेको भने नेपाल २ खेलमा विजयी भएको छ। यु–१९ तर्फ भने नेपालले तीनवटै खेलमा थाइल्यान्डलाई हराएको थियो।
नेपालजस्तै थाइल्यान्ड, चीन र हङकङ प्रतियोगिताका दाबेदारमा गनिन्छन्। थाइल्यान्डले बुधबार मात्र भुटानलाई ७९ रनले हराएर त्यसको सुरुआत गरिसकेको छ। नेपाल र थाइल्यान्ड दुई मुख्य दाबेदारको प्रतिस्पर्धालाई बाँकी चीन, हङकङ, इरान र भुटानले पनि महत्वका साथ हेर्ने छन्। बिहीबारको खेलमा जसले जित्छ त्यसले प्रतियोगिता नै जित्ने सम्भावना बढ्ने विश्वास गरिएको छ।
एसियाली क्रिकेट परिषद् (एसिसी) ले नयाँ संरचनामा आफ्नो प्रतियोगिता ढालेपछिको एसिसी वुमन्स प्रिमियर पहिलो प्रतियोगिता हो। यसअघि २० वा २५ ओभरको खेल हुँदै आए पनि यसपटक ४० ओभरको खेल हुँदैछ। नयाँ संरचनामा अमिट छाप छोड्न दुवै टोलीले सक्दो प्रयास गर्नेछन्।
थाइल्यान्डलाई हराएर यात्रा बढाउने योजनामा रहेको नेपाली टोलीका प्रशिक्षक उमेशराज उपाध्याय भन्छन्, 'थाइल्यान्डसँगको खेल गर वा मर हो। त्यो जितियो भने उपाधि जित्ने सम्भावना बढ्छ। थाइल्यान्डलाई जित्न सके अन्य खेलका लागि मनोबल पनि उच्च रहनेछ।' सबै खेलाडी फिट रहेकाले पनि उपाध्यायसँग पहिलो रोजाइका लागि पर्याप्त विकल्प छ।
प्रशिक्षकको भनाइलाई सार्थक बनाउने लक्ष्यसाथ टोली उत्रने कप्तान रुबिना क्षेत्री बताउँछिन्। 'यो एकदम महŒवपूर्ण खेल हो। त्यसैले थाइल्यान्डसँगको खेल जसरी पनि जित्नुपर्छ।' रुबिनाका अनुसार गत वर्षको हार बदला लिने लक्ष्यमा टोली दृढ रहेको छ। 'एसिसी वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा भोगेको हारको बदला लिन सबै खेलाडी आतुर छन्,' उनले योजना सुनाइन्, 'पहिलो ब्याटिङको अवसर मिल्दा २ सयभन्दा बढी रन बनाउनुपर्छ। बलिङ गर्नुपरे ८० रनभित्र समेट्नुपर्छ। त्यस्तो भयो भने जित्न सकिन्छ।'