काठमाडौं– नेपाल पुलिस र लक्ष्मी बैंक थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन सुपर सिक्स सुरुआत फरक नतिजाबाट गरेका छन्। सिएमजी क्लब संकटालाई २–० ले हराउँदै तीनपल्टको च्याम्पियन पुलिसले उपाधि दाबीलाई बलियो बनायो। त्यसको विपरीत एनएमबी मछिन्द्रलाई २–१ को नतिजा सुम्पदै अर्को तीनपटकको लिग विजेता थ्री स्टार दोस्रोबाट तेस्रो स्थानमा झर्न बाध्य भयो। दोस्रो र तेस्रो स्थानमा पुलिस र थ्री स्टारको जुहारी चलिरहँदा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी अझै अघि बढ्यो। एपिएफलाई हराएपछि मनाङ र पुलिसबीचको अंक अन्तर ४ मा पुग्यो। थ्री स्टार मनाङभन्दा ५ अंकले पछि छ। मनाङसँग २९, पुलिससँग २५ र थ्री स्टारसँग २४ अंक छ। मछिन्द्र र संकटाको समान २२ र एपिएफको १८ अंक छ।
सुपर सिक्सको पहिलो खेल समाप्तिपछि थ्री स्टार र पुलिस एकपटक फेरि शनिबार एकअर्काविरुद्ध उत्रँदै छन्। मनाङलाई कडा टक्कर दिन दुईमध्ये एक टिमको जित आवश्यक छ। थ्री स्टार र पुलिसले अंक बाँडेमा शनिबार नखल्ने मनाङलगायत अन्य टोलीलाई फाइदा पुग्नेछ। त्यसैले दुवैले निश्चित जितका लागि खेल्ने छन्। पहिलो चरणमा थ्री स्टारले पुलिसलाई २–१ ले हराएको थियो। तर, सुपर सिक्समा पहिलो खेलको हारबाट थ्री स्टार हच्केको हुनुपर्छ। १–० अग्रता र १० खेलाडीमा सीमित हुँदा पनि मछिन्द्रलाई हराउन थ्री स्टार असफल रह्यो। त्यसकारण पनि थ्री स्टार दबाबमा छ। अर्कोतिर नयाँ शक्तिको रूपमा परिचय बनाउँदै गरेको संकटालाई हराएपछि पुलिसको मनोबल बढेको हुनुपर्छ। उपाधि दाबेदारी बलियो बनाउन दुवैलाई जित आवश्यक छ। पुलिस र थ्री स्टारले एकअर्कालाई हराउनुको अर्को उद्देश्य भनेको मुख्य दाबेदार मनाङसँग अंक अन्तर घटाउनु हो।
सुपर सिक्समा शनिबार
थ्री स्टारविरुद्ध पुलिस