काठमाडौं– नेपाल पुलिस र लक्ष्मी बैंक थ्री स्टार क्लबले शनिबार गोलरहित बराबरी खेल्दा त्यसको प्रत्यक्ष फाइदा शीर्ष स्थानको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई पुगेको छ। सहिद स्मारक ए डिभिजन लिगको सुपर सिक्समा बराबरीले दुवै टोलीलाई घाटा पुर्याङएको छ। दोस्रो स्थानको पुलिस र तेस्रो स्थानको थ्री स्टारले १–१ अंक बाँड्दा एक खेल कम खेलेको मनाङ अझै ३ अंकले अगाडि छ। एनएमबी मछिन्द्रलाई सोमबार हराउन सके मनाङले पुलिससँग स्पष्ट ६ अंकको अग्रता लिनेछ। मनाङसँग २९, पुलिससँग २६ र थ्री स्टारसँग २५ अंक छ।
'दुवैलाई जित आवश्यक थियो। जसले जितेको भए पनि मनाङमाथि दबाब पर्थ्यौं,' पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'यो बराबरीले मनाङलाई सतप्रतिशत फाइदा भएको छ।'
पहिलो हाफमा पुलिस र दोस्रो हाफमा थ्री स्टार हाबी भए पनि गोल भएन। 'पहिलो हाफमा हामीले खेल्न दिएनौं। गोल नखाने र काउन्टरमा गोल हान्ने रणनीतिअनुरुप जुमानु राईलाई दोस्रो हाफमा पठाएका हौं,' श्रेष्ठले भने, 'मौका पाएको हो तर गोल गर्न सकेनौं।'
५६औं मिनेटमा मैदान छिरेका जुमानुले अन्तिम ८ मिनेटअघि प्राप्त मौका उपयोग गर्न नसक्दा पुलिस जितबाट बिमुख रह्यो। एक रक्षक र गोलकिपर किरण चेम्जोङलाई कटाइसक्दा पनि जुमानुले गोल गर्न सकेनन्। जुमानुले प्रहार गर्न ढिला गर्दा किरणले रोक्न भ्याए।
बराबरीले घाटा परेको श्रेष्ठको भनाइमा सहमति जनाउँदै थ्री स्टारका प्रशिक्षक अञ्जन केसीले भने, 'पहिलो हाफ खेल मिलेन। मिस पास ज्यादा भयो। दोस्रो हाफमा खेलमा फर्किए पनि गोल भएन।' उनले कप्तान सन्तोष साहुखलको स्ट्राइकिङ पार्टनर डोडोजको अभाव खड्किएको बताए। 'सिंगल स्ट्राइकर खेलाउनुपर्ने बाध्यता छ,' उनले भने, 'तत्काल हामीसँग अर्को विकल्प पनि छैन।' मनाङविरुद्ध पहिलो चरणको अन्तिम खेलमा घाइते भएका डोडोज सुपर सिक्सभर खेल्न नसक्ने अवस्थामा छन्।
थ्री स्टारले दोस्रो हाफमा तीनवटा राम्रा मौका चुकायो। ५०औं मिनेटमा योगेश गुरुङको क्रसमा गोलपोस्टको ठीकअघि रहेका सन्तोषले बल भेट्टाउन सकेनन्। ६३औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा निराजन खड्काले फ्िलक हेड गरेको बल गोललाइनमा सन्तोषले नियन्त्रणमा लिएर पनि प्रहार गर्न सकेनन्। त्यसलाई पुलिसका रक्षकले क्लियर गरे। त्यस्तै ७१औं मिनेटमा सन्तोषको पासमा निराजनको प्रहार पुलिसका गोलकिपर रितेश थापाले जोगाए।
पुलिसका प्रशिक्षक श्रेष्ठको नजरमा थ्री स्टारमा समन्वय अभाव रह्यो। 'थ्री स्टारले बल राख्दै सकेन। एकअर्काबीच तालमेल थिएन,' उनको विश्लेषण थियो, 'साइडबाट धेरै क्रस गर्न सकेनन्। विङ्स पनि खासै चल्न सकेन।'
उनको टोलीले पहिलो हाफमा झन्डै आधा दर्जन आक्रमण गरेपनि सफल भएन। पहिलो मिनेटमै नीरकुमार राईले अघि बढ्दै प्रहार गरेको बल किरणले फर्काए। तेस्रो मिनेटमा सन्दीप राईको गल्तीमा पाएको बल भरत शाहले कडा प्रहार गर्दा किरणलाई लाग्दै बल बाहिरियो। १३ औं मिनेटमा दिपेन श्रेष्ठको क्रस भरत र गणेश खड्का दुवैले भेट्टाउन सकेनन्।
३४औं मिनेटमा भोलाको पासमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका भरतले नियन्त्रणमा प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरियो।
थ्री स्टारले पनि पहिलो हाफमा दुईवटा आक्रमण गरेको थियो। २५औं मिनेटमा निराजन खड्काको पासमा सन्तोषको प्रहार पुलिसका अजित भण्डारीले रोके। पहिलो हाफकै इन्जुरी समयमा अजितलाई छलाएर सन्तोषले पेनाल्टी बक्सबाट प्रहार गरेको बल पोस्ट माथिबाट गयो। लिगको पहिलो चरणमा थ्री स्टारले पुलिसलाई २–१ ले हराएको थियो।
पुलिस र थ्री स्टार दुवैका प्रशिक्षकले मनाङ उपाधिको प्रबल दाबेदार भए पनि सहज नभएको बताए। 'मनाङले हामी र थ्री स्टारसँग खेल्न बाँकी छ। त्यसैले सजिलो उसलाई पनि छैन,' पुलिसका प्रशिक्षक श्रेष्ठले भने, 'तथापि हामीभन्दा मनाङलाई सहज अवस्था छ। मनाङको आफ्नो हातमा खेल छ, तर हामीले अरुमा निर्भर हुुनुपर्छ।'
त्यसमा सहमत हुँदै थ्री स्टारका केसीले थपे, 'हामीले अन्य खेलको नतिजा कुर्नुपर्नेछ। तर मनाङलाई पनि सजिलो हुने छैन।'
सुपर सिक्समा आइतबार
एपिएफिविरुद्ध संकटा