काठमाडौं– तीन ओभर ७५ खेलेर कटलाई नै जोखिममा राख्दै सुरुआत गरेका शिवराम श्रेष्ठले शनिबार चार अन्डर ६८ खेल्दै पिजिटिआई इगलबर्ग ओपन गल्फ प्रतियोगिताको २२औं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेका छन्।भारतको बेङ्लोरमा शनिबार सम्पन्न प्रतियोगितामा नेपालका नम्बर एक गल्फर संयुक्त २२औं स्थानमा रहे। पहिलो चरणमा ७४औं स्थानमा सीमित हुँदा नगद पुरस्कार पाउने अन्तिम दुई चरणका लागि छानिने उनको सम्भावना निकै कठिन बनेको थियो। तर, उनले प्रत्येक दिन खेलमा नाटकीय सुधार गर्दै ५२ स्थानको फड्को मारेका हुन्। दोस्रो चरणमा शिवरामले दुई अन्डर ७० स्कोर गरे। तेस्रो दिन एक अन्डर ७१ खेलेका उनले शनिबार ४ अन्डरको स्कोर गरे। ७२ पारको इग्लेटन गल्फ रिसोर्टमा चार दिनको खेल समाप्ति हुँदा उनको कुल स्कोर ४ अन्डर २ सय ८४ बन्यो।
शनिबार शिवरामले फ्रन्ट नाइनमा ४ अन्टर ३२ खेलेपछि ब्याक नाइनमा इभन पार ३६ स्कोर गरे। १०औं टीबाट दिनको खेल्न थालेका शिवरामले स्वर्णिम सुरुआत गर्नेक्रममा लगातार तीन होलमा बर्डी खेले। उनले १७औं होलमा पनि सट जोगाए। आफ्नो ब्याक नाइनमा शिवरामले पार ४ को पहिलो होलमै बोगी खेपे। तर, तेस्रो होलमा बर्डी खेलेर उनले त्यसको सोधभर्ना गरे।
शिवराम भारतका राहुल बजाज, अश्रदीप तिवाना र गौरवप्रताप सिंहसहित संयुक्त २२औं स्थानमा रहे। उनीहरूले जनही ३६ हजार २ सय ६५ रुपैयाँ हासिल गरे।
श्रीलंकाली खेलाडी मिथुन परेराले लगातार दोस्रोपटक उपाधि कब्जा गर्नेक्रममा भारतका अनिरवन लहिरीमाथि ३ स्ट्रोकको विजय पाए। कोलम्बोस्थित घरेलु कोर्समा आइतबार स्ट्यान्डर्ड चार्टर्ड ओपनको उपाधि रक्षा गरेका परेराले शनिबार एक अन्डर ७१ स्कोर गरे। परेराले पहिलो दिन ६५, दोस्रो दिन ६६ र शुक्रबार तेस्रा्रो दिन उनले ६४ स्कोर गरेका थिए।
अन्तिम चरणमा राम्रो गर्न सफल शिवराम खेलपछि आफ्नो प्रदर्शनमा सन्तुष्ट थिए। 'आज मैले पटिङमा राम्रो गरें,' उनले भने, 'दुई लामा सटले मेरो समग्र नतिजा राम्रो बनाउन सहयोग गर्यो्। पहिलो दिन खराब प्रदर्शनका कारण म निकै तनावमा थिएँ। तर, त्यसपछि हरेक दिन सुधार हुँदै जाँदा राम्रो अवस्थामा रहेर प्रतियोगिता टुंग्याउन सफल भएँ।'