काठमाडौं– एसिसी वुमन्स प्रिमियर क्रिकेटमा नेपालले आइतबार दाबेदार चीनसँग सामना गर्नेछ। थाइल्यान्डमा भइरहेको प्रतियोगिताको उपाधि दौडमा रहिरहन नेपाललाई प्रेम ओभल मैदानमा हुने खेल जित्नुपर्ने आवश्यकता छ।
चीनले सुरुआती ३ खेल नै जितिसकेको छ। टोलीले शनिबार भुटानलाई ३६ रनले पराजित गरेको थियो। नेपालले ३ मध्ये २ खेल जितेको छ। सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि विजेता छानिने छ। नेपालले पहिलो खेलमा इरानलाई २ सय २१ रन र भुटानलाई ५ विकेटले पराजित गरेको थियो।
चीनजस्तै नेपाल पनि प्रतियोगिताको दाबेदार टोली मानिएको थियो। तर आयोजक थाइल्यान्डसँग दोस्रो खेलमा ८ विकेटको लज्जाजनक पराजयपछि नेपाल उपाधि दौडमा पछाडि परेको हो। चीनजस्तै थाइल्यान्डले पनि लगातार ३ खेल जितिसकेको छ।
एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपल्ट महिला प्रतियोगिता आयोजना गर्दा नेपालले चीनलाई सेमिफाइनलमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता नेपाली महिला राष्ट्रिय टोली फाइनल पुग्न सकेको छैन। २ वर्षअघि चीनको ग्वाङ्झाउमा भएको एसिसी महिला ट्वान्टी–२० एसिया कपमा चीनले नेपाललाई ४५ रनले पराजित गरेको थियो।