काठमाडौं- शीर्ष स्थानको मनाङ मर्स्याङदीलाई मछिन्द्र क्लबले ४-० गोलले पराजित गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले २७औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो। खेलको ५१औं मिनेटमा मछिन्द्रले कर्ण लिम्बुको गोलसँगै दोब्बरले अग्रता लियो।
लगत्तै सुशील केसीले अर्को गोल थप्दै मछिन्द्रलाई ३-० को अग्रता दिलायो। खेलको ७१औं मिनेटमा सुशील केसीले थप अर्को गोल गरेपछि मछिन्द्रले मनाङलाई ४-० गोलले पराजित गर्योम।
जितसँगै पाँचौं स्थानमा रहेको मछिन्द्र २५ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ। मनाङ मर्स्याङ्दी भने २९ अंकका साथ अझै शीर्ष स्थानमा छ।