मछिन्द्रसँग मनाङको लज्जास्पद हार
०५ फागुन २०७०
•
७ मिनेट पाठ
मछिन्द्रसँग मनाङको लज्जास्पद हार
काठमाडौं– एनएमबी मछिन्द्र क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिँदा सोमबार लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबको उपाधि अभियानमा धक्का लागेको छ। सुपर लिगको दोस्रो खेलमा दोस्रो ठूलो जितका लागि टोलीले सोमबार दशरथ रंगशालामा शीर्ष स्थानको मनाङमाथि ४–० को एकतर्फी नतिजा निकाल्यो। लगातार तेस्रो जित पाएको मछिन्द्र यो नतिजापछि अपराजित यात्रा नवौं खेलसम्म लम्ब्याउन सफल भयो। अघिल्लो खेलमा मछिन्द्रले साविक विजेता लक्ष्मी बैंक थ्री स्टारलाई २–१ को नतिजामा हराएको थियो। त्यसअघि पहिलो चरणको अन्तिम खेलमा टोलीले सामसुङ जावलाखेल युथ क्लबमाथि विजय पाएको थियो।
घरेलु फुटबलको सदाबहार महारथी मनाङले एकै खेलमा ४ गोल खाएको ४ वर्षमा यो पहिलो खेल हो। पछिल्लो पटक पनि टोलीले मछिन्द्र सँगै ४–० को हार बेहोरेको थियो। २०६६ को लिगमा मछिन्द्रलाई यही अन्तरमा नतिजा सुम्पेको टोलीले थ्री स्टारसँग पनि ३–० को हार बेहोरेको थियो। 
मनाङको हारले जारी लिगको उपाधि दौड थप खुला बनेको छ। शीर्ष टोली मनाङ (२९) भन्दा ३ अंकले पछि रहँदै नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ। मछिन्द्र र थ्री स्टार समान २५ अंकसाथ तेस्रो र चौथो स्थानमा छन्। हेड टु हेडका आधारमा मछिन्द्र अघि छ।
मनाङका सुजल श्रेष्ठको आत्मघाती गोलबाट २६औं मिनेटमा अघि बढेको मछिन्द्रले पछि फर्कनुपरेन। रजिन धिमालको फ्रि–किक क्लियर गर्न खोज्दा सुजलको हेड गोलकिपर विशाल श्रेष्ठलाई कुनै मौका नदिई आफ्नै पोस्टमा छिरेको थियो। सुजलको हेड समाउन खोज्दा विशाल चिप्लिएका थिए। अग्रता लिएपछि पनि मछिन्द्रले पूरा समय विपक्षीलाई मैदानको हरेक भागमा दबाब कायम राख्यो। सुशील केसीले दुई तथा कर्ण लिम्बुले एक गोल गरेर मछिन्द्रको जित थप रवाफिलो पारे। कर्ण, विशाल राई र सुशीलले अन्तिम समयसम्म विपक्षी पोस्टमा आक्रमण जारी राखे। 
जारी लिगमा सर्वाधिक ९ गोल गर्ने क्रममा कर्णले ५२औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर पारे। विशालको प्रहार मनाङका अजिज सहेदलाई लागेर फर्किएपछि कर्णले मनाङका तीन रक्षकलाई छक्काएर गोल हाने। सुशीलले ५५औं मिनेटमा गोल गर्दा कर्णले सहयोगी भूमिका थिए। कर्णले पेनाल्टी बक्स बाहिरबाट दिएको पास सुशीलले उत्कृष्ट शैलीमा मनाङ रक्षक बिट गराउँदै गोलकिपर विशालको अगाडिबाट बायाँ खुट्टे प्रहारमा गोल गरे। उनको कलात्मक प्रहार पहिलो बार च्याप्दै गोलमा परिणत भयो। निकोको प्रहार क्रसबारमा लागेर फर्किदा सुशीलले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर मछिन्द्रको जित फराकिलो बनाए। 
मछिन्द्रका स्विडिस प्रशिक्षक योहान कालिनले मनाङलाई हराउने लक्ष्यसहित उत्रिएको बताए। 'आज हामीले स्पष्ट ३ अंक लिने लक्ष्यसहित खेलेका थियौं। तर, ४–० ले जित्नेमा विश्वास थिएन। मनाङलाई हराउँदा खुसी छु। उपाधि नजिक पुग्न अझै लामो बाटो हिँड्नुपर्छ,' उनले भने, 'खेलाडीले रणनीतिअनुसार खेले। हामीले हरेक खेलमा प्रदर्शन सुधार्दै अघि बढेका छौं। त्यसमा सफल भइरहेका छौं।'
पहिलो चरणको खेलमा मनाङले मछिन्द्रलाई १–० को नतिजामा हराएको थियो। टोलीका मुख्य रक्षक नवीन न्यौपानेको अनुपस्थितिमा मनाङको रक्षापंक्ति कमजोर देखियो। नवीन अनुपस्थित हुँदा प्रशिक्षक हरिओम श्रेष्ठले मिडफिल्डर सुजललाई रक्षापंक्तिमा ओरालेका थिए। नवीनमाथि एन्फाले एकवर्षे प्रतिबन्ध लगाएको छ। 
प्रशिक्षक श्रेष्ठले रक्षापंक्ति कमजोर हुनु हारको मुख्य कारण भएको बताए। उनले भने, 'रक्षकहरूबीच समन्वय मिल्न सकेन। खेलको कुनै बेला पनि हामीले मछिन्द्रलाई चुनौती दिन सकेनौं। बरु, उनीहरूले नै हाम्रो रक्षापंक्तिमा अन्तिम समयसम्म चुनौती दिइरहे।' 
श्रेष्ठले हारलाई दूर्भाग्यको संज्ञा दिए। उनले भने, 'आजको हार दूर्भाग्यपूर्ण रह्यो। जितेको भए उपाधि लक्ष्य सहज हुन्थ्यो। यस्तै प्रदर्शनले निरन्तरता पाए उपाधि जित्न सकिन्न। रक्षापंक्ति कमजोर हुनु हाम्रो मुख्य समस्या हो।' 
मनाङका शिव श्रेष्ठ र दीपक राईले गोल गर्ने प्रयास गरे पनि सफल भएन्। २४औं मिनेटमा दीपकको पासमा शिवले पोस्ट माथि प्रहार गरे। पहिलो हाफको इन्जुरी टाइममा दीपकले मछिन्द्रका रक्षकलाई छलाएर दिएको सटिक पासमा विशालले गरेको प्रहार पनि पोस्ट बाहिर गयो। खेलको अन्तिमतिर दीपकले प्रहार गरेको बल मछिन्द्रका गोलकिपर दिनेश थापामगरको हातबाट छुट्दा सुजलले बल भेट्टाए। तर उनले बल पोस्ट बाहिर हान्न पुगे।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस