दिनहुँ समीकरण बदलिँदै
०६ फागुन २०७०
•
६ मिनेट पाठ
दिनहुँ समीकरण बदलिँदै
काठमाडौं-सुपर सिक्सका हरेक खेलको नतिजाले सहिद स्मारक ए डिभिजन लिग रोचकमात्र होइन उपाधि होड पनि अझ खुला बनाइरहेको छ।पहिलो चरणका ७८ खेल सकिँदा उपाधि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र लक्ष्मी बैंक थ्री स्टारको वरिपरी घुम्ने सम्भावना थियो।

तर, पछिल्ला ६ खेलको नतिजाले नेपाल पुलिस र एनएमबी मछिन्द्र पनि दाबेदारका रूपमा अघि बढेका छन्। १४ चरणको समाप्तिसम्म आइपुग्दा छैटौं स्थानको एपिएफ (१९ अंक ) भने उपाधि दौडबाट बाहिरिएको छ। बिहीबार मनाङसँगको खेल गुमाए वा बराबरी गरे पाँचौं स्थानको सिएमजी क्लब संकटा (२३) को पनि पहिलो हुने सम्भावना टुंगिनेछ। सुपर सिक्सका सुरुआती दुई चरण (१३ र १४औं चरण) मा जस्तै अप्रत्याशित नतिजाले निरन्तरता पाएमा लिगको ४१औं संस्करण विजेताको टुंगो अन्तिम दिनमात्र लाग्ने सम्भावना छ।

सोमबार मछिन्द्रलाई हराएको भए मनाङले दोस्रो स्थानको पुलिसलाई ६ अंकले पछि पार्ने थियो। तर, नतिजा मनाङको पक्षमा गएन। त्यो खेल मछिन्द्रले ४–० ले जितेपछि लिगको समीकरण पुनः बदलियो। मनाङ, पुलिस, थ्री स्टार र मछिन्द्रमध्ये जसले पनि उपाधि जित्ने सम्भावना देखिएको छ। संकटाको पनि गणतीय सम्भावना भने बाँकी छ।

सुपर सिक्सका दुई खेलमा मछिन्द्र सबैभन्दा सफल टोली बन्यो। १९ अंकबाट यात्रा थालेको मछिन्द्रले ठूला टोलीविरुद्ध लगातार दुई खेल जित्दै अंकतालिका फड्को मारेको छ। दुई खेलबाट मछिन्द्रले पूरा ६ अंक जोड्दा पुलिसले ४, मनाङले ३ तथा थ्री स्टार, संकटा र एपिएफले १–१ अंक थपे।

एपिएफ र थ्री स्टारबाट १५औं चरणको सुरुआत हुनेछ। बिहीबार मछिन्द्र र पुलिस तथा अर्को दिन मनाङ र संकटा भिड्ने छन्। यो अवस्थामा हार्नु वा बराबरी खेल्नु भनेको एपिएफबाहेकका टोलीका लागि उपाधि दौड कमजोर पार्नु हो। अहिले पनि उपाधि जित्ने बलियो सम्भावना मनाङकै छ। तथापि मछिन्द्रसँगको हारपछि सम्हालिन सकेन भने २०६२ पछि लिग च्याम्प्यिन बन्ने मनाङको सपना फेरि अधूरो रहनसक्छ। मनाङले अन्तिम दुई खेलमा पुलिस र थ्री स्टारसँग खेल्नुपर्नेछ।

थ्री स्टारका प्रशिक्षक अन्जन केसी उपाधि दाबेदारी बलियो बनाउन एपिएफसँग जितको विकल्प नरहेको बताउँछन्। ...एपिएफसँगको खेल अन्त्यन्तै महŒवपूर्ण छ। हामी त्यही लक्ष्य र योजनासाथ उत्रने छौं,' उनले भने, ...त्यो खेल गुमायौं भने उपाधि जोगाउन कठिन हुनेछ।' पहिलो चरणको खेलमा एपिएफलाई २–१ ले हराएको थ्री स्टार सुपर सिक्समा पनि त्यही सफलता दोहोर्‍याउने दाउमा छ।

अर्कोतिर एपिएफका प्रशिक्षक कृष्ण थापाले सुपर सिक्सको सुरुआतबाटै रक्षात्मक भनाइ राख्दै आएका छन्। रेलिगेसन बच्ने उद्देश्यबाट लिग सुरुआत गरेको एपिएपलाई सुपर सिक्स पुग्नु नै ठूलो सफलता हो। टोलीको अबको लक्ष्य जतिसक्दो खेल जित्ने हो। दुई टोलीको फरक अवस्थामा एपिएफसँग कम जोखिम छ। एपिएफले गुमाउने केही छैन। थ्री स्टार हार्दा उपाधि दौडबाट बाहिरिने खतरा हुन्छ। ...छैटौं स्थानबाट माथि उक्लन बाँकी खेल जित्ने लक्ष्यसाथ उत्रने छौं,' थापाले भने, ...हामीलाई दबाब छैन।'

मनाङलाई हराइसकेकाले पुलिस पनि मछिन्द्रसँग सचेत हुनुपर्नेछ। १० खेलाडीमा सीमित भएर पनि थ्री स्टारलाई २–१ ले हराउनु र मनाङलाई ४–० ले हराउनुबाट पनि मछिन्द्र सुपर लिगमा उच्च मनोबलसाथ उत्रिएको पुष्टि हुन्छ। विदेशी प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा मछिन्द्रले पुलिस पनि हराउन सके मनाङमाथि दबाब थपिनेछ। पहिलो चरणमा पुलिसले मछिन्द्रलाई १–० ले हराएको थियो। यद्यपि मछिन्द्र प्रशिक्षक कालिनले उपाधि जित्न अझै लामो यात्रा तय गर्नुपर्ने बताएका छन्। अघिल्लो खेलमा थ्री स्टारसँग बराबरी खेल्दा मनाङलाई फाइदा पुगेको बताउने पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले मछिन्द्रसँगको खेल गम्भीरतापूर्वक प्रस्ट छ।

एपिएफजस्तै संकटा पनि जतिसक्दो अंकतालिकामा माथि उक्लने दाउमा छ। त्यो खेलमा पनि संकटाभन्दा बढी दबाब मनाङलाई हुनेछ। प्रतिद्वन्द्वीसँगको अंकअन्तर कायम राख्न पनि मनाङलाई जित आवश्यक पर्नेछ।

सुपर लिगमा बुधबार

एपिएफविरुद्ध थ्री स्टार
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस