बारा– मोफसलकै सर्वाधिक पुरस्कार राशिको पाँचौं सिमरा गोल्डकप फुटबलको तयारी गर्न बुधबार विभिन्न समिति गठन गरिएको छ। फागुन २९ देखि हुने प्रतियोगिताका लागि आयोजक नवजनजागृति युवा क्लबले विभिन्न समिति र उपसमिति गठन गरेको हो। कासिम मियाँको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समिति गठन भएको छ। प्रचार समितिका संयोजक दिवाकर भण्डारीले ६० लाख खर्च अनुमान गरिउको प्रतियोगितामा १० टोलीले भाग लिने बताए।
चैत ८ सम्म सिमरा रंगशालामा चल्ने प्रतियोगितामा ए डिभिजनका लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब, यती हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, सिएमजी क्लब संकटा, एनएमबी मछिन्द्र, सिमि्रक सरस्वतीसहित वीरगन्ज युनाइडेड क्लब, लालबन्दी स्पोर्टस क्लब र आयोजकको सहभागिता रहनेछ। विजेताले ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउने छन्।