काठमाडौं– एनएमबी मछिन्द्र क्लबले सनसनीपूर्ण नतिजालाई निरन्तरता दिने क्रममा बिहीबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा पुनरागमन गरेको छ। सुपर सिक्समा लगातार तेस्रो खेलमा ठूला टोलीविरुद्ध विजय नतिजा निकाल्दा मछिन्द्रले पुलिसलाई सिकार बनायो।साविक विजेता लक्ष्मी बैंक थ्री स्टारलाई २–१ ले हराउँदै सुपर सिक्सको यात्रा थालेको मछिन्द्रले दोस्रो खेलमा शीर्ष स्थानको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई ४–० ले स्तब्ध बनाएको थियो। मनाङ सर्वाधिक ६ तथा पुलिस र थ्री स्टार ३–३ पटकका लिग विजेता हुन्। सुपर सिक्सका अन्तिम दुई चरण बाँकी रहँदा थ्री स्टारसँगै मछिन्द्रले समान एक अंकले मनाङलाई पछ्याइरहेका छन्। एक खेल कम खेलेको मनाङको खातामा २९ अंक छ भने मछिन्द्र र थ्री स्टारले २८ अंक जोडेका छन्। हेड टु हेडमा मछिन्द्र दोस्रो र थ्री स्टार तेस्रोमा छन्।
१० खेलयता अपराजित मछिन्द्रको यो लगातार चौथो जित हो। थ्री स्टारविरुद्ध जस्तै 'जायन्ट किलर' बनेको मछिन्द्रले अन्तिम समयमा पुलिसविरुद्ध जित पाएको थियो। ६ मिनेट इन्जुरी समय सकिन दुई मिनेट बाँकीमा सुशील केसीको गोलमा मछिन्द्र विजयी भयो। सुशीलले पेनाल्टी बक्सभित्रबाट गरेको कडा प्रहार पोलमा ठोक्किएर गोलमा परिणत भएको थियो। त्यसअघि दुई महत्वपूर्ण परिवर्तनले मछिन्द्रलाई खेलमा फर्काएको हो। पहिलो हाफमै १–० ले पछि परेको मछिन्द्रले ६२औं मिनेटमा अजय बिक र विशाल राईलाई मैदान पठायो। त्यसपछि पुलिसमाथि लगातार दबाब बढाएको मछिन्द्रले ८७औं मिनेटमा बराबरी गोल फर्कायो। विशालको चलाखीपूर्ण पासमा अफसाइड ट्र्याप बिट गर्दै अजयले बराबरी गोल गरे। १० खेलाडीमा सीमित हुनाका बाबजुद मछिन्द्रले थ्री स्टारविरुद्ध पनि इन्जुरी समयमा नै जित निकालेको थियो।
'टिम भावनाले खेले,' मछिन्द्रका स्विडिस प्रशिक्षक योहान कालिनले भने, 'खेलाडीले कुनै बेला पनि हात उठाएनन्। अन्तिमसम्म प्रयास जारी राखे। त्यसैले जित सम्भव भयो।' दुई दिनदेखि ज्वरो आइरहेका विशालले खेल्नसक्ने बताएपछि उनलाई विश्वास गरेको जनाउँदै उनले भने, 'उनी उत्कृष्ट खेलाडी हुन्।'
भरत शाहले सुरुमै पुलिसलाई अग्रता दिलाएका थिए। ११औं मिनेटमा जुमानु राईले क्रस गर्दा पोस्टको नजिक हुलमुल थियो। त्यही हुलमुलबीचबाट भरतले गोल गरे।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले रक्षापंक्तिको कमजोरीका कारण हार्नुपरेको बताए। 'हारको कारण हाम्रो कमजोरी र उनीहरूको एग्रेसन हुनसक्छ,' उनले भने, 'मछिन्द्रले जोखिम उठाएर खेल्यो। अनि हामीले केही गल्ती गर्यौंम। गोल पनि राम्रो निस्कियो। दोस्रो गोल स्तरीय थियो।'
प्रशिक्षक श्रेष्ठले मनाङले बाँकी खेलमा अंक गुमाए मछिन्द्र च्याम्पियन बन्नसक्ने आँकलन गरे। 'अहिले पनि मनाङ माथि छ। तर, मनाङले अंक गुमायो भने मछिन्द्रले जित्ने सम्भावना छ,' उनले थपे, 'तुलनात्मक रूपमा मछिन्द्रको खेल सहज छ। मनाङले हामी र थ्री स्टारसँग खेल्नु छ।' मनाङले लगातार दुई खेल (संकटा र पुलिस) जिते एक खेलअघि नै च्याम्पियन बन्नेछ।
पुलिस प्रशिक्षक श्रेष्ठले हारपछि अब टोली चौथो स्थानबाट माथि जाने सम्भावना नरहेको संकेत गरे। 'हरेक खेलको नतिजाले समीकरण बदलिन्छ। तर, अहिलेको अवस्थामा हामी चौथो हुने सम्भावना बढी छ। मछिन्द्रलाई जितेको भए पहिलो वा दोस्रोको सम्भावना हुन्थ्यो,' उनको विश्लेषण थियो, 'अब कठिन भयो। यहाँबाट माथि जाने सम्भावना कम देखिन्छ।'
२–१ ले पछि परेलगत्तै भोला सिलवालको पासमा जुमानुले नजिकबाट गरेको हेड मछिन्द्रका गोलकिपर दिनेश थापामगरले रोके। त्यसअघि ८५औं मिनेटमा जुमानुले पास दिन ढिला गर्दा पुलिसले अग्रता दोब्बर पार्ने मौका गुमायो। जुमानुले अलमल गर्दा दिनेशले बल नियन्त्रणमा लिए। दोस्रो हाफमा भोलाले गरेका दुई राम्रा आक्रमण दिनेशले जोगाएका थिए। मछिन्द्रले पहिलो हाफमा दुई/तीनवटा राम्रो अवसर पाए पनि गोल गर्न सकेन।
लगातारको जितका बाबजुद मछिन्द्रका प्रशिक्षक कालिनले उपाधिका लागि अझै लामो यात्रा जरुरी रहेको बताए।
सुपर लिगमा बिहीबार
मनाङविरुद्ध संकटा