काठमाडौं- मछिन्द्र र पुलिसको खेलपछि साधारण प्यारापिट केही समय तनावग्रस्त बन्यो। पुलिसका समर्थकले एन्फाका स्वयंसेवक र मछिन्द्रका समर्थकलाई हातपात गरेका थिए। तर, तत्काल उच्च सुरक्षा अधिकारीसँगै एन्फा पदाधिकारीको सक्रियतामा स्थिति साम्य भएका कारण कुनै अप्रिय घटना हुन नपाएको अखिल नेपाल फुटबल संघका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिए।प्यारापिटमा हुलदंगा भएपछि त्यसबाट जोगिन केही समर्थक ट्र्याकमा ओर्लेर भागेका थिए। यसअघि खेलको मध्यान्तरमा प्रहरी बर्दीमै नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफ्ना खेलाडीलाई मैदानमा टचलाइनभित्रै पुगेर निर्देशन दिएका थिए। सामान्य अवस्थामा बर्दीमा सुरक्षाकर्मी खेलमैदान प्रवेश गर्न पाइन्न। मैदानमा ठूलै दुर्घटना वा असामान्य अवस्था आएमा रेफ्री तथा म्याच कमिस्नरको अनुमतिमामात्र बर्दीधारी सुरक्षाकर्मी मैदान प्रवेश गर्न पाउँछन्।
अर्को समाचार
महानिरीक्षक बर्दीमै मैदानभित्र
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।
यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।
बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।
नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।
डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।
नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।

यो पनि पढौँ
ट्रेन्डिङ