प्रतिभा तिखार्दै युथ क्रिकेट
०८ फागुन २०७०
•
६ मिनेट पाठ
प्रतिभा तिखार्दै युथ क्रिकेट
काठमाडौं- नेपाली क्रिकेटले इतिहासको सबैभन्दा ठूलो प्रतियोगिता विश्व ट्वान्टी–२० खेल्न एक महिनामात्र बाँकी छ। नेपाली क्रिकेटको यो 'स्वर्णिम पुस्ता' हो, जसले ट्वान्टी–२० विश्वकप खेल्ने स्थितिमा पुर्या इदिएको छ। धेरैको चिन्ता अहिलेको खेलाडीलाई स्थानान्तरण गर्न नसक्ने नेपाली क्रिकेटको संरचनामा छ।यही चिन्ता चिर्दै धनगढी क्रिकेट एकेडेमी (डिसिए) को यु–१२ टोली राजधानीमा छ। टोलीले नेसनल क्रिकेट एकेडेमी (एनसिए) को यु–१२ टोलीसँग खेल्दैछ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको परिकल्पना हो एनसिए। डेढ वर्षअघि खुलेको एनसिएमा पहिलो आबद्ध संस्था हो डिसिए। नेपाल क्रिकेट संघ मातहातको एनसिएले ल्याएको यो कार्यक्रम नेपालमा १२ वर्षमुनिका खेलाडीका लागि नौलो हो।
पहिलो दिन डिसिएले दुवै खेल जित्यो। शुक्रबार एनसिएले त्यसको बदला लिँदै दुवै खेल जितेर शृंखला बराबरी गर्योय। एक खेल खेल्न बाँकी छ। जित र हार दोस्रो पक्ष हो। पहिलो पटक १२ वर्षका खेलाडीलाई ल्याइएको कार्यक्रमले भविष्यमा ठूलो प्रभाव पार्ने विश्वास एनसिएका प्रशिक्षक एवम् नेपाली राष्ट्रिय टोलीका कप्तान विनोद दासको छ। 
'यस शृंखलाको उद्देश्य ग्रास रुट कार्यक्रमलाई एक्सपोजर दिनु र धनगढीको कार्यक्रममा समर्थन गर्नु पनि हो। हामी दुवै टोली परीक्षण गर्न चाहन्थ्यौं, खेलाडीलाई त्यहीअनुसार सिकाउँदै लाने पनि हो,' प्रशिक्षक दासले भने, 'अहिले खेलाडीलाई खुलेर खेल्न दिएका छौं। अहिले नै कुनै किसिमका दबाब दिएका छैनौं। पछि खुल्दै गएपछि उनीहरूको व्यक्तिगत खुबी हेर्ने हो।'
एनसिएले गत वर्ष नै यु–१२ को कार्यक्रम ल्याएको हो। यसपटकको नयाँ सत्र २ महिनाअघि सुरु गर्दा पनि यु–१२ को कार्यक्रमलाई निरन्तरता दिएको छ। गत वर्ष मंसिरमा सञ्चालित डिसिएले एनसिएको मान्यता पाएपछि वैशाखदेखि नै यु–१२ को कार्यक्रम चलाइरहेको छ। प्रशिक्षक दाससहित स्टार खेलाडी शक्ति गौचन धनगढी गएर यसको सुरुआत गरेका थिए।
'युवा खेलाडीलाई एक्सपोजर दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। यसका लागि वर्षमा ३–४ भ्रमण गरिरहनुपर्छ,' धनगढीबाट डिसिएका अध्यक्ष सुवास शाहीले भने, 'नेपाली क्रिकेटलाई राम्रो गर्ने हो भने तल्लो स्तरकै कार्यक्रममा ध्यान दिन जरुरी भइसकेको छ। यसलाई व्यवस्थित हिसाबले सञ्चालन गर्ने हो भने नेपाली क्रिकेट अझै माथि उठ्न सक्छ।'
डिसिएका लागि काठमाडौंका यात्रा नेपाल भ्रमणमा पहिलो हो। खुलेको पहिलो महिनामै लखनउ गएको डिसिएको यु–१७ टोली कात्तिकमा श्रीलंका भ्रमणमा गयो। नेपाली क्लब/एकेडेमी तेस्रो मुलुक गएर गरेको यो पहिलो भ्रमण थियो। श्रीलंका गएको डिसिएको टोलीमा सुबोध ऐर, दिनेश पन्त र सुब्रत शाह अहिले काठमाडौं आएका छन्। प्रशिक्षक दास डिसिएका ब्याट्सम्यान सुबोध र प्रशान्त भण्डारी तथा एनसिएका ब्याट्सम्यान एवम् अफ स्पिनर सार्थक सेढाइँ, मध्यम गतिका बलर रित गौतम र तीब्र बलर विशाल कार्कीको प्रदर्शनबाट प्रभावित छन्। 
एनसिएका अर्का प्रशिक्षक दीपेन्द्र चौधरी खेलाडीहरूले अझै आधारभूत पक्ष सिकिरहेको बताउँछन्। 'आधारभूत पक्षमा खेलाडीले राम्रो गरिरहेका छन्। ब्याटिङ, बलिङ राम्रो छ, फिल्डिङ कमजोर छ। म्याच कसरी खेल्ने हो उनीहरूलाई थाहा छैन,' पूर्वराष्ट्रिय खेलाडी चौधरी भन्छन्, 'छालाको बलले भर्खर खेल्न लागेका हुन्। उनीहरूको खेलमा सुधारको रफ्तार निकै माथि छ। डिसिएले पहिल्यै यु–१२ को कार्यक्रम ल्याएकाले उनीहरूले एउटा दिशा समातिसकेका छन्।'
यस्तो कार्यक्रम नेपालभरी सञ्चालन गरेमा नेपाली क्रिकेट ४–५ वर्षभित्र राम्रो लयमा आउने विश्वास चौधरीको छ। त्यसमा क्यानको सहयोग र योजना हुनुपर्ने उनी बताउँछन्। प्रशिक्षक दास यस सिजनको अन्तमा एनसिए टोली धनगढी पठाउने योजना रहेको र भविष्यमा पनि यस्तो कार्यक्रम ल्याउन सक्ने बताउँछन्। उनले भने, 'कम्तीमा क्रिकेटको ९ विकास क्षेत्रमै एनसिएको शाखा पुर्यााउनने प्रयासमा छौं, यसले नेपालका सबैखाले क्रिकेटलाई सहयोग गर्छ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस