काठमाडौं– नाइटिङ्गेल र वृहस्पति विद्यासदन प्रधानसेनापति कप अन्तरस्कुल रनिङ सिल्ड क्रिकेटको क्वाटरफाइनल पुगेका छन्। शनिबार आर्मी मैदान भक्तपुरमा नाइटिङ्गेलले दीपज्योतिलाई ६ विकेटले हरायो। अर्को खेलमा बृहस्पतिले इपिएसलाई ६४ रनले पराजित गर्यो्। प्लेयर अफ द म्याच नाइटिङ्गेलका विराज तण्डुकारले ४ विकेट लिएपछि टस जितेको दीपज्योति ७.५ ओभरमा ७० रनमा अलआउट भयो। विराजले ४ ओभरमा १५ रनमात्र खर्चे। सुशान्त यादव र आकाश मेहताले २–२ विकेट लिए। दीपज्योतिका निशान यादवले १८, प्रसुन कँुवर र ऋतिक घलेले १०–१० रन जोडे। सनिम अन्सारीले अविजित ३२ र विराजले ११ रन जोडेपछि जवाफमा नाइटिङ्गेलले १३.३ ओभरमा ४ विकेट गुमाई ७१ रन बनाउँदै लक्ष्य पूरा गर्योर। सनिमले २८ बलमा ५ चौका र विराजले १९ बलमा १ चौका प्रहार गरेका थिए। नाइटिङ्गेलका राकेश गुप्ताले २० बलमा ११ रन जोड्दा २ चौका प्रहार गरे। दीपज्योतिका ऋतिकले २ र गणेश भण्डारीले १ विकेट लिए।
अर्को खेलमा टस हारेको वृहस्पतिले २० ओभरमा ९ विकेट गुमाई ९६ रन बनायो। सौरभ मेहताले १२ र अशेष खनालले ११ रन जोडे। इपिएसका सम्राट खनालले ३ र प्रविन लामिछानेले २ विकेट लिए। सहज लक्ष्य पाए पनि इपिएस ११ ओभरमा ३२ रनमै अलआउट भयो। कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्। राहुल घिमिरेले ७ र विवेक खड्काले ४ रन जोडे। प्लेयर अफ द म्याच वृहस्पतिका असिर भुसालले ३ विकेट लिए। उनले ३ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चे। समृद्ध महर्जनले २ विकेट लिए।