मछिन्द्रको शत प्रतिसत नतिजा
११ फागुन २०७०
•
७ मिनेट पाठ
मछिन्द्रको शत प्रतिसत नतिजा
काठमाडौं– सुपरसिक्समा चौथो खेलसम्म सतप्रतिसत नतिजालाई निरन्तरता दिने क्रममा आइतबार सशस्त्र प्रहरी बलको एपिएफमाथि १–० को विजय हासिल गर्दै एनएमबी मछिन्द्र क्लब शहिद स्मारक 'ए' डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ।

लिगका उच्च गोलकर्ता कर्ण लिम्बुले उच्च स्कोरिङ फर्मलाई निरन्तरता दिँदै गोल गरेपछि मछिन्द्र सुपरसिक्सका खेलमा लगातार चौथो जित हासिल गर्न सफल भयो। एपिएफको भने यो सुपरसिक्समा लगातार चौथो हार हो। सुपरसिक्समा सबै चार खेल जित्ने मछिन्द्र एक्लो टोली हो। समग्रमा अपराजितयात्रा ११ खेलसम्म लम्बाएको मछिन्द्रको यो लगातार पाँचौं जित हो। 
मछिन्द्रले सनसनीपूर्ण जितका साथ उपाधि जित्ने सम्भावना कायम राख्दा कर्णले उच्च गोलकर्ताको दौडमा १० गोलका साथ निकट प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लबका योना इलियासलाई दुई गोलले पछि पारे। सुपरसिक्समा लक्ष्मी बैंक थ्री स्टार क्लबलाई २–१ ले हराउँदा इन्जुरी समयमा गोल गरेका कर्णले पहिलो चरणमा पनि थ्री स्टारविरुद्ध २–१ ले पछि परेका बेला बराबरी गोल फर्काएका थिए। आइतबार एपिएफसँग तीन अंक एकतर्फी पार्न उनले समय सकिन १३ मिनेट बाँकी रहँदा गोल गरे। विशाल राईको पासलाई प्रयास तामाङले मिलाएपछि कर्णले पोस्ट नजिकैबाट गोल गरेका थिए। 
आइतबारको नतिजापछि मछिन्द्रले ३१ अंकका साथ दोस्रो स्थानमा पुनरागमन जनाएको छ। शीर्ष स्थानको मनाङले ३२ अंक जोडिसकेको छ। मनाङले एक खेल कम खेलेको छ। मनाङले लिगका अन्तिम दुई खेलमा नेपाल पुलिस र साविक विजेता थ्री स्टारसँग खेल्न बाँकी छ। एक खेलमात्र बाँकी रहेको मछिन्द्रले सिएमजी क्लब संकटासँग खेल्नेछ। २८ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको थ्री स्टारले संकटा र मनाङको सामना गर्नेछ। 
मनाङले उपाधि जित्नका लागि बाँकी दुईमध्ये एक खेल जित्नुपर्नेछ। त्यसबाहेकको नतिजामा मछिन्द्र र थ्री स्टारको सम्भावना कायम रहन्छ। 
मछिन्द्रका प्रशिक्षक योहान कालिनले उपाधि जित्ने सम्भावनाबारे खुल्न चाहेनन्। उनले भने, 'म भाग्यमा विश्वास गर्दिन। सबै टिम उपाधि जित्न चाहन्छन। तर, उपाधि जित्न हामीलाई धेरै कुराले साथ दिनु पर्छ। हामी आफ्नो खेलमा केन्द्रित छौं। संकटाविरुद्धको खेलका लागि हामी अब तयारीमा जुटनेछौं।' 
कालिने अगाडी थपे, 'एपिएफविरुद्धको खेलमा कडा प्रतिस्पर्धा हुन्छ भन्ने अनुमान गरेर तयारी गरेका थियौं। एपिएफले सुपरसिक्समा कुनै खेल जित्न सकेको छैन। सुपरसिक्समा जित्न एपिएफले आज धेरै मेहनत गरेको हो। तर, हामी सफल भयो। लिगको अन्तिम खेल पनि हामी जित्ने प्रयास गर्छौ।' 
सुपरसिक्समा लगातार चौथो हार बेहोरेपछि एपिएफका प्रशिक्षक कृष्ण थापा आइतबार निकै तनावमा थिए। टोलीको प्रर्दशनमा व्यंग गर्दै थापाले भने, 'बन्दुक जतिसुकै राम्रो भए पनि गोली कमजोर भएपछि लडाई जित्न सकिदैन। राम्रो खेले पनि गोल गर्न सकेन भन्ने त्यसको कुनै अर्थ छैन। हामी गोल गर्न नसक्ने जस्तो देखिएको छौं। मलाई पनि अप्ठयारो लागिसकेको छ। म आफै स्ट्राइकर। सबै राम्रो खेल्न सिकाएर खेलाडीलाई गोल गर्न नसिकाए जस्तो भएको छ।' सुपरसिक्समा टिमको फिनिसिङ सबभन्दा कमजोर देखिएको थापाले बताए। एपिएफले अब लिगको अन्तिम खेल फागुन १६ गते पुलिससँग खेल्नेछ। 
बल पोसेसनमा अगाडी देखिए पनि पहिलो हाफमा एपिएफले मछिन्द्रको पोस्टमा एउटामात्र गतिलो प्रहार गर्न सक्यो। कोइलापानी पोलस्टार हुदै एपिएफमा आवद्ध भएका जाङबु शेर्पाले १८औं मिनेटमा गरेको लामो प्रहार पोस्ट नजिकैबाट बाहिरियो। मछिन्द्रले पनि पहिलो हाफमा गोल गर्ने एउटा अवसर खेर फाल्यो। 
३१औं मिनेटमा अमर सुब्बाको क्रसमा विशाल राईले गरेको हेडलाई एपिएफका गोलकिपर अमृत चौधरीले असफल पारे। दोस्रो हाफमा भने एपिएफले मछिन्द्रको पोस्टमा ५ आक्रमण गरे पनि सफल भएन। मछिन्द्रले एपिएफको पोस्टमा चार आक्रमण गर्दा एउटालाई गोलमा परिणत गर्योा। 
८५औ मिनेटमा एपिएफका सुदिप सिंख्राकारको क्रसमा राजेन्द्र रावलले गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर दिनेश थापा मगरले गोललाइनबाट रोके। ८६औं मिनेटमा नबिन लामाको क्रसमा गणेश लावतिको फ्रिहेड पोस्ट बाहिर गयो। ४९औं मिनेटमा मछिन्द्रका विशालको प्रहार एपिएफका गोलकिपरलाई लागेर फर्कियो। ५७औं मिनेटमा रञ्जित धिमालको शक्तिशाली लामो प्रहार पनि एपिएफका गोलकिपरले नियन्त्रणमा लिएका थिए। 
सुपरसिक्समा सोमबार
थ्री स्टार विरुद्ध संकटाः (३ बजे)
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस