काठमाडौं– ल्होसारको अवसरमा मारमोट प्रथम लोसार हाफ म्याराथन हुने भएको छ। नेपाल शेर्पा विद्यार्थी मञ्चले शनिबार गर्ने म्याराथनमा करिब ३ सय खेलाडीले भाग लिने आयोजकको अनुमान छ। आयोजक शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष दुजाङ शेर्पाले विगतभन्दा फरक ढंगले ल्होसार मनाउने क्रममा म्याराथन गर्न लागेको बताए।'ल्होसार शेर्पा जातीकोमात्र चाढ होइन। म्याराथन मार्फत हामी अन्य जातीलाई पनि ल्होसार पर्वमा सहभागी गराउन चाहन्छौं,' उनले भने, 'खेलकुदमा हामीले पहिलो पल्ट काम गर्न लागेका छौं। भविष्यमा यो म्याराथनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्यामउने लक्ष्य छ।'
आगामी संस्करणमा विदेश खेलाडीलाई सहभागी गराउँने उद्देश्य रहेको आइतबार पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले बताए। खुला हाफ म्याराथनको पुरुष तर्फ २१ किलोमिटर महिला तर्फ १० किलो मिटरमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार, चौथो हुनेले ५ हजार र पाँचौं हुनेले ३ हजार रुपैयाँ पाउने बताइएको छ।
महिलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार, तेस्रो हुनेले ५ हजार, चौथो हुनेले ३ हजार र पाँचांै हुनेले २ हजार रुपैयाँ पाउने आयोजकले बतायो। मञ्चका सल्लाहाकार, यति हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगिताबाट नेपाली खेलकुदलाई योगदान मिल्ने बताए। उनले भने, 'मञ्चले ल्होसारका अवसरमा खेलकुद प्रतियोगिता गर्नुले समाजमा राम्रो सन्देश जानेछ।
खेलकुदले कुनै जात जातीसँग सम्बन्ध राख्दैन। म्याराथनको माध्यमबाट सम्पूर्ण नेपालीले ल्होसार मनाउने अवसर पाउनेछन्।' खुला म्याराथन भए पनि राष्ट्रिय एथलेटिक्सको बन्द प्रशिक्षणमा भएका खेलाडीले खेल्ने निश्चित नभएको प्रशिक्षक राकेश श्रेष्ठले बताए।
पुरुषतर्फको रुट चुच्चेपाटी हायात चौरबाट शुरु भई स्वयम्भु पुगेर चुच्चेपाटीमा आएपछि सकिनेछ। महिला दौड चुच्चेपाटी, बसुन्धरा हुदै पुन चुच्चेपाटी पुगेर सकिनेछ।