काठमाडौं– सिएमजी क्लब संकटासँग गोलरहित बराबरीमा समेटिएपछि साविक विजेता लक्ष्मी बैंक थ्री स्टार क्लबको सहिद स्मारक ए डिभिजन लिग जोगाउने व्यवहारिक सम्भावना सकिएको छ। सुपर सिक्सको अन्तिम खेलमा शीर्ष टोली लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबको सामना गर्ने थ्री स्टारसामु अब उपाधि रक्षाका लागि गणितीय सम्भावनामात्र बाँकी छ। मनाङले बाँकी रहेका नेपाल पुलिस र थ्री स्टारविरुद्धको दुईमध्ये एक खेल जिते उपाधि हत्याउने छ।बराबरीपछि २९ अंकसहित थ्री स्टार तेस्रो स्थानमा यथावत छ। शीर्ष टोली मनाङसँग ३२ अंक छ। ३१ अंकसहित एनएमबी मछिन्द्र दोस्रो स्थानमा छ। मछिन्द्रले अब संकटासँग खेलेर लिग अन्त्य गर्नेछ।
थ्री स्टारका प्रशिक्षक अञ्जन केसीले सोमबार बराबरीमा रोकिएपछि लिग उपाधि जित्ने सम्भावना सकिएको बताए। क्लबले उपाधि जित्न नसक्नुको जिम्मेवारी सबैले आआफ्नो ठाउँबाट लिनुपर्ने केसीको दाबी थियो। उनले भने, 'प्रशिक्षकका रूपमा लिग जित्न नसक्नुमा मैले जिम्मेवारी लिनुपर्छ। म मात्र होइन, खेलाडी, व्यवस्थापन र क्लब पदाधिकारीले यसको जिम्मेवारी लिनुपर्छ।'
उनले लिगको उपाधिका लागि संकटासँग जित्नैपर्ने आवश्यकता रहेको बताए। उनले आफ्ना खेलाडीको प्रदर्शन कमजोर रहेको बताउँदै भने, 'संकटाले राम्रो खेलेको पनि होइन। हाम्रा खेलाडीले नै मेहनत गरेनन्। महŒवपूर्ण खेलमा झन उनीहरूको प्रदर्शन फितलो देखियो। अनुभवी खेलाडी भएर पनि हामीले आज राम्रो खेल्न सकेनौं। स्ट्राइकरको मेहनत पुगेन।'
बल पोसेसन र कन्ट्रोलमा टिम बलियो देखिए पनि स्ट्राकरले विपक्षी पोस्टमा मेहनत नै गर्न नसक्दा खेल बराबरी भएको केसीको भनाइ थियो। पहिलो चरणमा संकटाले थ्री स्टारलाई १–० ले हराएको थियो। त्यतिखेर संकटाबाट ओलावाले ओलाडिपो अफिजले गोल गरेका थिए। उनी एपिएफसँग खेल्दा घाइते भएकाले सोमबार मैदान उत्रिएनन्।
महŒवपूर्ण मानिएको संकटाविरुद्धको खेलमा थ्रीस्टारले खेलभर गतिला पोस्ट आक्रमणहरू गर्न सकेन। थ्री स्टारले पहिलो हाफमा गरेको दुई पोस्ट आक्रमण फितला थिए। संकटाले पनि खेलभर थ्री स्टारको पोस्टमा एउटै आक्रमण गर्न नसक्दा खेल गोलरहित बन्यो।
२३औं मिनेटमा थ्री स्टारका जगजित श्रेष्ठको क्रसमा प्रकाश बुढाथोकीको खुला हेड पोस्ट नजिकैबाट बाहिरियो। ३५औं मिनेटमा जगजितको कर्नरमा निराजन खड्काले सिक्स यार्ड बक्सबाट गरेको प्रहार पोस्टलक्षित हुन सकेन। जगजितले ७९औं मिनेटमा गरेको कर्नर प्रहार सोझै गोल पोस्टभित्र छिर्न लाग्दा संकटाका निशान लिम्बुले गोललाइनबाट क्लियर गरे। जुन खेलभर थ्री स्टारले संकटाको पोस्टमा गरेको एउटा सशक्त प्रहार थियो।
संकटा प्रशिक्षक राजुकाजी शाक्यले सुरुआतदेखि नै थ्री स्टार खेलाडी गोल गर्न हतारिए पनि सफल नभएको बताए। उनले भने, 'हामीले आज राम्रो खेलेको होइन। हाम्रो स्ट्राइकर पनि छैन। उपाधि जित्ने सम्भावना थिएन। दबाब नभएकाले हामीले आफ्नो स्वाभाविक खेल खेल्ने प्रयास गरेका थियौं। थ्री स्टारले राम्रो खेल्न सकेन। हाम्रो प्रदर्शन हेर्दा थ्री स्टारले खेल जित्नुपर्ने हो। उनीहरूले खेल जित्न धेरै हतार गरे जस्तो देखिन्थ्यो। त्यसैले नतिजा आएन।'
संकटाले फागुन १५ मा मछिन्द्रसँग खेलेर लिग अन्त्य गर्नेछ। संकटा लिगको पाँचौं स्थानमा रहने सम्भावना रहेको प्रशिक्षक शाक्यको आँकलन छ। मनाङ र पुलिसले मंगलबार प्रतिस्पर्धा गर्दैछन्। पुलिसलाई हराए एक खेलअगावै मनाङ लिग च्याम्पियन बन्नेछ। बराबरी वा हारले मनाङ अन्तिम खेल जित्नैपर्ने दबाब बढ्नेछ भने मछिन्द्रको पनि उपाधि जित्ने सम्भावना बढ्न सक्नेछ। त्यसका लागि मछिन्द्रले संकटालाई हराउनुपर्नेछ। मनाङलाई हराउन सके पुलिस (२६) को उपाधि जित्ने सम्भावना कायमै रहनेछ।
लिगमा मंगलबार
मनाङविरुद्ध पुलिस