काठमाडौं-लक्ष्मी हुन्डाइ मनाङ मर्स्याङदी क्लबले एक खेल अगावै सहिद स्मारक लिगको उपाधि जितेको छ। नेपाल पुलिस क्लबलाई मंगलबार २–० ले पराजित गर्दै मनाङले एक खेल अगावै उपाधि जितेको हो।सातौं पटक लिग जित्दै मनाङ नेपालको सर्वाधिक सफल क्लब बनेको हो।
मनाङले यसअघि २०४३, ४४, ४६, ५७, ६० र ६२ मा लिग जितेको थियो। रानिपोखरी कर्नर टोली (आरसिटी) ले पनि यसअघि ६ पटक लिग उपाधि जितेको थियो। आरसिटी यसै लिगबाट रेलिगेसनमा परिसकेको छ।
मनाङलाई पुलिसविरुद्ध विजय दिलाउन योना इलियास र सुजल श्रेष्ठले दोस्रो हाफमा गोल गरे। १ खेल खेल्न बाँकी रहेको अवस्थामा मनाङको ३५ अंक छ, जुन दोस्रो स्थानमा रहेको एनएमबी मच्छिन्द्र क्लबभन्दा ४ अंक बढि हो।
राष्ट्रिय टोलीका कप्तान सागर थापा र स्ट्राइकर अनिल गुरुङका लागि यो दोस्रा लिग उपाधि हो। दुवै पटक उनीहरुले मनाङबाट लिग जितेका हुन्।