काठमाडौं– नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले तीन ओभर ७५ स्कोर गर्दै बुधबार नयाँ दिल्लीमा सेल एसबिआई ओपन गल्फ प्रतियोगिताको सुरुआत गरेका छन्। एसियन टुर र प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) को आधिकारिक प्रतियोगितामा पहिलो दिनको खेलपछि शिवराम संयुक्त १ सय ७औं स्थानमा सीमित छन्। दिल्ली गल्फ कोर्समा इभन पार ७२ मा कट गर्ने अपेक्षा गरिँदा पहिलो दिनको प्रदर्शनमा सुधार नगरे शिवरामले कट गुमाउने सम्भावना छ। बुधबार फ्रन्ट नाइनमा इभन पार ३६ स्कोर गरे पनि ब्याक नाइनमा उनले तीन ओभर ३९ खेलेका थिए।
आइएसएमई प्रालिको प्रायोजनमा खेलिरहेका शिवरामले ५ पारको पहिलो होलमा बर्डी खेलेपछि लगातार तीन होलमा पार जोगाउँदै उनले राम्रो सुरुआत गरेका थिए। पाँचौं होलमा बोगी खेपे पनि उनले फ्रन्ट नाइनका बाँकी होलमा पार जोगाए। ब्याक नाइनको ११औं होलमा बोगी खेपेका शिवरामले १२औं होलमा डबल बोगी खेपे।
३ लाख डलर पुरस्कार राशिको प्रतियोगिताको पहिलो दिन ९ बर्डी र एक इगलका साथ ११ अन्डर ६१ खेलेका भारतीय व्यावसायिक खेलाडी रशिद खान अगाडि छन्। श्रीलंकाका मिथुन परेरा र जापानका एकिनोरी तानी समान ६ अन्डर ६६ स्कोरसाथ दोस्रो स्थानमा छन् भने अस्ट्रेलियाका स्कट बार र मोहम्मद सिद्धिकुर रहमान ५ अन्डर ६७ स्कोर लिएर संयुक्त चौथो स्थानमा छन्।