काठमाडौं– फुटबल प्रशिक्षक सञ्जित सिंह स्पोर्टस साइन्स कोर्स गर्नका लागि शुक्रबार जर्मनी जाँदैछन्। जर्मन युनिर्भसिटी अफ लिपजिगले निःशुल्क अध्ययनका लागि सहयोग गरेको सञ्जितले बताए। कोर्स मार्च ३ देखि अगस्ट ५ सम्म चल्नेछ।
उनी अनलाइन आवेदनबाट छनोट भएर जर्मनी जान लागेका हुन्। जनकपुरका ३८ वर्षे सञ्जितले ११ वर्षसम्म जनकपुर चुरोट कारखाना (जचुकालि) टोलीबाट ए डिभिजन फुटबल खेलेका थिए।
आफूले फ्रेन्ड्स र ग्यालेक्सियन क्लबबाट पनि खेलेको उनले बताए। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको एनआइएस कोर्समा प्रथम भएका उनले एएफसी 'सी' लाइसेन्स कोर्स पनि गरेका छन्।