काठमाडौं– एनएमबी मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अहिलेसम्मकै उच्च प्रदर्शन गरिसकेको छ। यसअघि दुईपटक छैटौं स्थानमा लिग अन्त्य गरेको मछिन्द्रले यसपालि कम्तीमा तेस्रो स्थान पक्का गरिसक्यो। सुपर सिक्समा सतप्रतिसत नतिजा निकालेको मछिन्द्र बिहीबार लिगको आफ्नो अन्तिम खेलमा उत्रँदैछ।
संयोग नै मान्नुपर्छ, सिएमजी क्लब संकटासँग खेल्दै लिग यात्रा थालेको मछिन्द्रको अन्तिम खेल त्यही टोलीविरुद्ध परेको छ। सुरुआती खेल गोलरहित बराबरीमा टुंगिएको थियो। पहिलो चरण समाप्तीमा पाँचौं स्थानको मछिन्द्रले सुपर सिक्सका ११ खेल सकिँदा आफूलाई उपाधिको दाबेदारका रूपमा उभ्यायो। सुपर सिक्सका अघिल्ला ४ खेलमा मछिन्द्रले लक्ष्मी हुन्डाई मनाङलाई ४–०, लक्ष्मी बैंक थ्री स्टार र नेपाल पुलिस दुवैलाई २–१ र एपिएफलाई १–० ले हराएको थियो।
मनाङले मंगलबार नेपाल पुलिसलाई २–० ले हराएसँगै मछिन्द्रको पहिलोपल्ट लिग च्याम्पियन बन्ने सम्भावना समाप्त भयो। यद्यपि लिग उपविजेता बन्ने सबैभन्दा बलियो सम्भावना अझै मछिन्द्रकै पोल्टामा छ। मनाङ (३५) लिगको विजेता र एपिएफ (१९) को छैटौं स्थान पक्का भइसकेको छ। बाँकी तीन खेलले दोस्रोदेखि पाँचौं टोलीको टुंगो लगाउने छ। दोस्रो र तेस्रो स्थानमा मछिन्द्र (३१) र थ्री स्टार (२९) बीच प्रतिस्पर्धा छ। चौथो र पाँचौं स्थानलाई पुलिस (२६) र संकटा (२४) बीच रस्साकस्सी छ।
शुक्रबारको खेल जिते वा बराबरी गरे पनि मछिन्द्रको दोस्रो स्थान पक्का हुनेछ। त्यो अवस्थामा थ्री स्टार मनाङसँग उत्रनुअघि तेस्रो स्थानमै सीमित हुनेछ। मछिन्द्र हार्दा मात्र थ्री स्टारको माथि जाने सम्भावना रहन्छ। थ्री स्टारसँग हेड टु हेडका आधारमा मछिन्द्र अगाडि छ। यी दुईबीचको पहिलो चरण २–२ को बराबरीमा सकिएको थियो भने सुपर सिक्समा मछिन्द्रले थ्री स्टारलाई २–१ ले हराएको हो।
सुपर सिक्समा सनसनीपूर्ण प्रदर्शन जारी राखे पनि मछिन्द्रका विदेशी प्रशिक्षक योहान कालिनले कहिल्यै लिग जित्ने दाबी गरेनन्। ११औं खेलसम्म टोलीलाई अपराजित रहँदा पनि उनले भनेका छन्, 'उपाधि जित्न अझै लामो यात्रा तय गर्नुपर्नेछ।' मनाङको सबैभन्दा बलियो सम्भावना भएकाले पनि कालिन सधंै जोगिएर बोल्ने गर्थे। अन्य टोलीका प्रशिक्षकले मछिन्द्रको पनि उपाधि जित्ने सम्भावना बताइरहँदा कालिन त्यस्तो दाबी गर्नबाट बचिरहे।
अर्कोतिर पुलिसले अन्तिम खेल जिते पनि चौथो स्थानभन्दा माथि जाने छैन। मछिन्द्रसँग बराबरीमा रोकिए वा पराजित भए संकटा पाँचौं र पुलिस चौथोमा यथावत रहने छन्। जित्दा मात्र संकटाको चौथो बन्ने सम्भावना जीवित रहन्छ। संकटा हारेमा एपिएफसँग खेल्नुअघि नै पुलिसको चौथो स्थान पक्का हुनेछ।
सुपर सिक्समा बिहीबार
मछिन्द्रविरुद्ध संकटा