काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मकवानपुरमा ५ वर्षअघि शिलान्यास गरिएको गौरीटार राष्ट्रिय खेलकुद एकेडेमी निर्माणको काम अघि बढाउने बताएका छन्। बुधबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि नागरिकसँगको कुराकानीमा मन्त्री पौडेलले भने, 'गौरीटार एकेडेमीको निर्माण कार्य त्यसै अल्भि्करहेको छ। नेपाली खेकलुद विकासका लागि यो एउटा ठूलो महत्वाकांक्षी योजना थियो। अब यसलाई अघि बढाउनुपर्छ।'
२०६६ जेठ २८ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गौरीटार राष्ट्रिय खेलकुद एकेडेमीको शिलान्यास गरेका थिए। एकेडेमी २३ बिघा क्षेत्रफलमा बनाउने योजना थियो। गुरुयोजनाअनुसार एकेडेमीमा पौडी पोखरी, फुटबल मैदान, बहुउद्देश्यीय हल, बहुउद्देश्यीय खेलमैदान, औषधी उपचारको विशेष सुविधा, प्रशासनिक ब्लक, क्रिकेट अभ्यास मैदान, जिम हल, जुडो हल, मार्सल आर्टस ब्लक, एकेडेमिक ब्लक, रिसर्च ब्लक, विशालपानी ट्यांकी र पानी प्रशोधन प्रविधि, महिला– पुरुष होस्टल, लन टेनिस कोर्ट, पार्किङ तथा रिक्रिएसन ब्लक बनाउने उल्लेख थियो।
१ अर्ब ५० करोड कुल लागत हुने भनिएको एकेडेमीको पहिलो चरणमा पर्खाल लगाउन राष्ट्रिय खेलकुद परिषद्ले २ करोड ५० लाख लगानी गरेको थियो। एमालेका तर्फबाट जीवनराम श्रेष्ठ सदस्यसचिव हुँदा थालिएको योजना उनको बर्हिगमनसँगै अल्मलिएको थियो।
मन्त्री पौडेलले भौतिक पूर्वाधार विकासको योजनामा काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय स्तरको खेल परिसर बनाउने, राष्ट्रिय खेलकुद परिषदको ऐन लोकतान्त्रिक बनाउने, खेलाडी संरक्षणको क्षेत्रमा राज्यले थप दायित्व लिने लगायतका योजना रहेको बताए। 'पछिल्लो समय पूर्वाधार र खेलाडी संरक्षणको कुरा धेरै चर्कोसँग उठेको छ। तर, त्यहीअनुसार काम भने हुन सकेको छैन। अब यसमा बढी जोड दिने हाम्रो योजना छ,' उनले भने।
बारा क्षेत्र नम्बर ६ बाट संविधानसभाको प्रत्यक्षतर्फ निर्वाचित पौडेल नेकपा एमालेको तर्फबाट मन्त्री नियुक्त भएका हुन्। एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका अध्यक्षसमेत रहेका उनी यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए।
पदभार ग्रहणका अवसरमा परिषदका सदस्यसचिव युवराज लामाले मन्त्री पौडेलको कार्यकाल सफल पार्न सबैबाट सहयोग हुने बताए। मन्त्रालयका सचिव हरिप्रसाद नेपालले यसअघि खेलकुद सञ्चालन प्रक्रियाबारे जानकारी गराए।