काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले टोयोटाबाट गाडी पाउने भएका छन्। वैद्य अर्गनाइजेसनको भोइथ ग्रुपले उनलाई कार दिने भएको हो। नोभेम्बरमा युएईमा विश्व ट्वान्टी–२० छनोटमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भोइथले पारसलाई टोयोटा कार दिने भएको हो। युएई छनोट प्रतियोगिता खेल्न जानुअघि भोइथका अध्यक्ष सुरज वैद्यले नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएमा एक उत्कृष्ट खेलाडीलाई टोयाटा कार दिने घोषणा गरेका थिए।खेलपत्रकार जगदीश्वर पाण्डेद्वारा लिखित 'विश्व ट्वान्टी–२० क्रिकेटका सारथिहरू' पुस्तक विमोचन कार्यक्रममा प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले वैद्यको तर्फबाट पारसलाई टोयाटा दिने घोषणा गरेका हुन्। साथै वैद्यले नेपाल विश्व ट्वान्टी–२० को दोस्रो चरणमा पुगेमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थप एक टोयोटा दिने घोषणा पनि गरेको आचार्यले जानकारी गराए।
विश्व ट्वान्टी–२० मार्च १६ बाट बंगलादेशमा हुँदैछ। त्यहाँबाट फर्किएपछि पारसलाई टोयोटा प्रदान गरिने छ। यसअघि फुटबल खेलाडी उपेन्द्रमान सिंह, हरि खड्का र सन्दिप राई तथा तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट खेलाडीको रूपमा कार पाइसकेका छन्। पारसलाई पाउने कारको मुल्य झन्डै ३२ लाख भएको आचार्यले बताए।
एक पूर्वखेलाडीसहित ५ सदस्यीय कमिटी गठन गरी उत्कृष्ट खेलाडी छनोट गरिएको आचार्यले बताए। युएईमा नेपाललाई तेस्रो बनाउँदै ट्वान्टी–२० विश्वकपमा पुर्याृउँदा पारसले १० खेलमा १२२.१० को स्ट्राइक रेटमा २ सय ३२ रन बनाउनुका साथै १८.१८ को औसतमा ११ विकेट लिएका थिए। पारसभन्दा बढी रन प्रतियोगितामा सुवास खकुरेल (२३४) ले मात्र बनाएका थिए। त्यस्तै वसन्त रेग्मीले १४ र जितेन्द्र मुखियाले ११ विकेट लिएका थिए।
मार्च–अप्रिलमा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपमा फाइनल पुग्दै नेपाल विश्व ट्वान्टी–२० मा छानिएको हो। पारस सो प्रतियोगिताको म्यान अफ द सिरिजमा चुनिएपछि उनलाई गोल्छा समूहले पल्सर मोटरसाइकल प्रदान गरेको थियो।