काठमाडौं– एनएमबी मछिन्द्र क्लबले बिहीबार दोस्रो स्थानमा रहँदै यो सिजनको सहिद स्मारक ए डिभिजन लिग अन्त्य गरेको छ। २०६२ बाट ए डिभिजन खेल्न थालेको मछिन्द्रको लिगमा यो उच्च प्रदर्शन हो। यसअघि टोलीले दुईपटक छैटौं स्थानमा रहँदै लिग टुंग्याएको थियो।
सुपर सिक्समा सतप्रतिसत नतिजा निरन्तरता दिने क्रममा बिहीबार सिएमजी क्लब संकटालाई १–० ले पराजित गरेको थियो। यो जितले मछिन्द्रको स्थान उपविजेतामा पक्का बन्यो। कर्ण लिम्बुको गोल निर्णायक बनेपछि सुपर सिक्समा सबै खेल जित्ने मछिन्द्र एक्लो टोलीसमेत बनेको छ।
४५ लाख रुपैयाँ पक्का पारेको मछिन्द्र पछिल्ला १२ खेलमा अपराजित छ। लिगका १७ खेलमा १० खेल जितेको मछिन्द्रले ४ बराबरी र ३ खेलमात्र हारेको थियो। टोलीले गरेका २६ गोलमध्ये ११ गोल कर्णको नाममा रह्यो। उनी लिगको उच्च गोलकर्ता हुन्। ९ गोलसहित अघिल्लो खेलमै लिग च्याम्पियन बनेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीका अफ्रिकन फरवार्ड योना इलियास दोस्रो स्थानमा छन्।
'मलाई लाग्छ हामी लिगको सही ठाउँमा छौं,' मछिन्द्रका स्विडिस प्रशिक्षक योहान कालिनले भने, 'सुरुआतमा कुन स्थानमा पुग्ने भन्ने लक्ष्य थिएन। पछिल्लो समय एकदमै राम्रो खेल्यौं। अहिले लिगमा हामीभन्दा राम्रो खेल्ने कोही छैनन्।'
बिहीबारको नतिजाले तेस्रोदेखि पाँचौं टोलीको पनि टुंगो लागेको छ। अन्तिम दुई खेलमा जस्तो नतिजा आए पनि लक्ष्मी बैंक थ्री स्टार क्लब तेस्रो, नेपाल पुलिस चौथो र संकटा पाँचौं स्थानमा रहने छन्। छैटौं स्थानबाट माथि उठ्ने एपिएफको सम्भावना पहिले नै सकिएको थियो। पुलिस र एपिएफबीच शुक्रबार र अन्तिम दिन शनिबार मनाङ र थ्री स्टारबीच प्रतिस्पर्धा भएसँगै यो सिजनको लिग औपचारिक रूपमा सकिनेछ।
एकपक्षीय खेलको ६०औं मिनेटमा कर्णले गोल गरे। जाजाको पासमा कर्णले बिनादबाब बललाई पोस्टको दिशा दिए। अग्रताको अघि र पछि मछिन्द्रले थप गोलका अवसर सृजना गर्योज, तर सफल भएन। पहिलो रोजाइमा चार खेलाडी परिवर्तन गरेको संकटाले भने खासै आक्रमण गर्न सकेनन्।
'आज खेलाडीलाई फ्री छाडेका थियौं। पोखरामा हुने आहा–रारा गोल्डकप र नयाँ सिजनका लागि खेलाडी छनोट गर्न सहज होस् भन्न केही वैकल्पिक खेलाडीलाई मौका दिएइएको हो,' संकटाका प्रशिक्षक राजुकाजी शाक्यले भने, 'त्यसैले धेरै अपेक्षा पनि थिएन। जित्न सक्दा चौथोमा उक्लने सम्भावना रहन्थ्यो। तर, हामीमा सधैं जस्तै फरवार्डको अभाव छ।'
शाक्यले टोलीको समग्र प्रदर्शन सन्तोषजनक रहेको बताए। 'खेलाडीको व्यक्तिगत क्षमताका आधारमा हाम्रो नतिजा राम्रो हो। यद्यपि हाम्रो टोलीमा धेरै कमजोरी थियो,' उनले खेलाडीको पं्रशसा गरे, 'खेलाडीले मेहनत गरे र टोली यहाँसम्म आइपुग्यो।'
यसपटकको लिगलाई उथलपुथल भन्न रुचाउने शाक्यले थपे, 'एपिएफ, संकटा, मछिन्द्र नै पछि सुपर सिक्समा पुग्छ भन्ने धेरैलाई लागेको थिएन। तर राम्रो व्यवस्थापन र तयारी गर्दा हुने नतिजा पनि आउने प्रमाणित भएको छ। मछिन्द्रले सुपर सिक्समा आफूलाई अब्बल सावित गर्योर।'
सुपर सिक्समा शुक्रबार
पुलिसविरुद्ध एपिएफ