काठमाडौं– विभागीय प्रतिष्ठाको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–० ले हराएको छ। सहिद स्मारक ए डिभिजन लिगको सुपर सिक्समा शुक्रबार पुलिसलाई हराए पनि एपिएफले अंकतालिकाको छैटौं स्थानमै रहेर लिग टुंग्याएको छ। पुलिस चौथो स्थानमा यथावत रह्यो।
पहिलो चरणमा एपिएफ विभागीय प्रतिद्वन्द्वी पुलिसँग २–० ले हारेको थियो। शुक्रबार एपिएफको जितमा कप्तान गणेश लावती र राजेन्द्र रावलले गोल गरे।पहिलो हाफा दुवै टोलीले सुस्त प्रदर्शन गरे। खेल गोलरहित बराबरीमा अगाडि बढ्यो। खेलको ८१औं मिनेटमा गणेशले हुलमुलबीच गोल गर्न सफल भए। त्यति बेला पुलिसका रक्षक सुरज विक र सुमन सुवेदी लडेका थिए। गोल गरेलगत्तै गणेशले मैदान छाडे। ८२औं मिनेटमा उनको स्थानमा सन्तोष श्रेष्ठ मैदान छिरे।
पुलिस प्रशिक्षक बिराटकृष्ण श्रेष्ठले आफ्ना रक्षक सुरज घाइते भएर लडिरहे पनि रेफ्री सुदीप पाण्डेले फाउल नलिएको गुनासो गरे। उनले भने, 'लिगलाई राम्रो गर्न रेफ्रीमा सुधारको खाँचो छ। सुरज घाइते भएर खेल्न नसक्ने अवस्था भयो। रक्षक लड्दा समेत फल लिइएन। जसका कारण खेल हार्न पुग्यौं।' दबाबबिनाको खेलमा पनि टोलीले राम्रो खेल्न नसकेको भने उनले स्वीकारे। उनले थपे, 'हामीले आज धेरै गल्ती गर्यौंख। खेलाडीले मिहिनेत पनि गरेनन्।'
एपिएफका राजेन्द्रले ८८औं मिनेटमा नवीन लामाको पासमा अर्को गोल थपे। नवीनले पुलिसका गोलकिपर रितेश थापालाई कटाएर दिएको पासमा अनमार्क राजेन्द्रले गोल गरेका हुन्। यो गोल राजेन्द्रको जारी लिगमा छैटौं गोल हो।
अर्को वर्षको लिगमा पुलिस पुरानै लयमा फर्कने प्रशिक्षक श्रेष्ठको दाबी थियो। उनले भने, 'यसपल्ट लिगमा हामी बलियो भए पनि विगतजस्तो राम्रो थिएनौं। नयाँ र पुरानो खेलाडीबीच समन्वय पूर्ण मिल्नुपर्छ। टिममा नयाँ खेलाडीको बाहुल्यता छ। उनीहरूलाई राम्रो प्रशिक्षण गराएर नयाँ शैलीमा खेल्ने कोशिस हुनेछौं।'
एपिएफ प्रशिक्षक जनक सिंहले सुपर सिक्समा पुलिसलाई हराउनु उपलब्धिका रूपमा लिएको बताए। उनले भने, 'सुपर सिक्समा राम्रो खेल्दा पनि नतिजा हाम्रो पक्षमा आएको थिएन। आज पुलिसलाई हराउन सफल भयौं। खुसी छौं। हाम्रो टिम राम्रो हुँदै गएको छ। आगामी लिगमा यो भन्दा राम्रो नतिजा निकाल्ने कोशिस गछर्ौं।'
सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा शनिबार लिग च्याम्पियन भइसकेको लक्ष्मी हुन्डाई मनाङ र तेस्रो स्थानको लक्ष्मी बैंक थ्री स्टारले प्रतिस्पर्धा गर्ने छन्।
लिगको अन्तिम शनिबार
मनाङविरुद्ध थ्री स्टार