सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट
१७ फागुन २०७०
•
५ मिनेट पाठ
सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट
काठमाडौं- मछिन्द्रका कर्ण लिम्बु सहिद स्मारक ए डिभिजन लिगको उत्कृष्ट फर्वाड घोषित भएका छन्। २७ वर्षीय लिम्बुले लिगमा सर्वाधिक ११ गोल गरेका थिए। उनीसँगै मछिन्द्रकै हेम गुरुङ उत्कृष्ट रक्षक, मछिन्द्रकै सुशील केसी उत्कृष्ट मिडफिल्ड, मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर र मनाङकै अरिओम श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए।गोलकिपर 
विशाल श्रेष्ठ (मनाङ) 
वर्ष – २२ 
खेल –२२
खेलेको मिनेट – १६२७
गोल खाएको – १३
गोल नखाएको खेल – १०
पहेँलो कार्ड – ०




एन्फा एकेडेमीमा हुँदादेखि नै लिग जित्ने र उत्कृष्ट गोलरक्षक हुने सपना देख्थें। सानैदेखिको सपना आज पूरा हुँदा एकदमै खुसी छु। गत वर्ष चोटका कारण खेल्न सकेको थिइनँ। चोटमुक्त भएर फर्के र यो प्रदर्शन दिँदा खुसी हुनु स्वाभाविक हो। किरण दाइ (चेम्जोङ), रितेश दाई (थापा) सँगै प्रतिस्पर्धा हुन्छ भन्ने थियो। वेस्ट किपर हुन्छु भन्ने आशा थियो, तर निश्चित थिइनँ। 

रक्षक 
हेम गुरुङ (मछिन्द्र)
पूर्व क्लब – जावलाखेल 
वर्ष – २७
खेल – १६ (१ मा वैकल्पिक) 
खेलेको मिनेट– १४५५
एसिस्ट – १
पहेँलो कार्ड –२
यो मेरो खेलजीवनकै ठूलो उपलब्धि हो। जावलाखेलबाट खेल्दा तेस्रो भएका थियौं। यसपटक टोली दोस्रो भयो त्यसमा आफू उत्कृष्ट रक्षक हुँदा खुसी दोहोरो बन्यो। अब आफ्नो स्तर कायम गर्ने दबाब पनि पर्योो। मलाई थ्री स्टारका सन्दीप दाइ (राई) को खेल मनपर्छ। यसपटक पनि उहाँले नै पाउनुहोला भन्ने लागेको थियो। तर, म पनि दाबेदार भन्ने लागेको चाहिँ थियो। यो सिजन मैले पनि राम्रो खेले। यसको श्रेय प्रशिक्षक जोहान कालिनलाई दिन चाहन्छु। उहाँको रणनीतिका कारण हामी लिगमा सफल भयौं। 

मिडफिल्ड
सुशील केसी (मछिन्द्र)
पूर्व क्लब – फ्रेन्ड्स, एनआरटी
वर्ष – २३ वर्ष 
गोल – ३
खेल – १६ (६ मा वैकल्पिक)
खेलेको मिनेट – १०७९
पहेँलो कार्ड – ३
एसिस्ट – १
म उत्कृष्ट मिडफिल्ड हुन्छु भन्ने आशा थिएन। मैले पहिलो चरणमा खासै राम्रो खेल्न सकेको थिइनँ। सुपर सिक्समा मेरो प्रदर्शन राम्रो भयो। सुपर सिक्समा थ्री स्टारसँगको प्रदर्शन नै हाम्रो टर्निङ प्वाइन्ट हो। त्यसपछि मिहिनेत पनि धेरै गर्यो्। यो जित त्यसैको परिणाम हो। यसको श्रेय प्रशिक्षकलाई जान्छ। मैले खेलजीवनमा अझै लामो यात्रा तय गर्नुछ। राष्ट्रिय टोलीमा पर्न प्रयास गर्नेछु। 

फरवार्ड 
कर्ण लिम्बु (मछिन्द्र)
पूर्व क्लब – एनआरटी, जावलाखेल
वर्ष – २७ 
गोल – ११
खेल – १७ (१ मा वैकल्पिक)
खेलेको मिनेट – १५९६
एसिस्ट – २
पहेँलो कार्ड – १

ए डिभिजन लिगको उत्कृष्ट फरवार्ड हुनु मेरो लागि खुसीको विषय हो। मध्यमस्तरको क्लबबाट खेल्ने हामीले यस्तो मौका कमै पाउँछौं। लिगमा हामीले यो सफलता पाउला भन्ने लागेको थिएन। सुपर सिक्सको अनपेक्षित प्रदर्शनले हामी यहाँ छौं। यो सबै मिहिनेतको फल हो। सुपर सिक्समा थ्री स्टारसँगको खेल र नतिजा अविस्मरणीय रह्यो। मलाई राष्ट्रिय टोलीमा पर्छु भन्ने लाग्दैन। परे भने पनि सायद जान्न होला। साफ च्याम्पियनसिपको क्रममा राष्ट्रिय टोलीमा बोलाइएको थियो। सुरुमै फालिएँ। खल्लो लाग्यो। त्यहाँको माहौल देखेर दिक्क लाग्यो। अन्तिम छनोटमा परिन्छ भन्ने विश्वासै छैन। 
प्रशिक्षक 
हरिओम श्रेष्ठ (मनाङ)
मैले खेलाडी हुँदा कहिल्यै लिग जितिनँ। अहिले लिग जित्ने त्यसमा उत्कृष्ट प्रशिक्षक हुनु मेरो खेलजीवनकै ठूलो सफलता हो। जो च्याम्पियन हुन्छ त्यसका प्रशिक्षक उत्कृष्ट हुने परम्परा छ। मेरो टोली विजेता भएकाले म उत्कृष्ट हुनु स्वाभाविक हो। उत्कृष्ट हुन्छु भन्नेमा विश्वस्त थिएँ। यसअघि मैले मनाङलाई सिमरा गोल्डकप, आहा गोल्डकप र एनसेल कप जिताएको थिएँ। मैले मनाङबाट २०५० देखि ०५५ सालसम्म खेल्दा नकआउट जितेपछि लिग जितेनौं।
अर्को समाचार
महँगा सन्तोष दर्ता भए
०३ भदौ २०६७
•
३ मिनेट पाठ
महँगा सन्तोष दर्ता भए
काठमाडौं, भदौ ४ (नागरिक) - घरेलु फुटबलका सर्वाधिक महँगा खेलाडी सन्तोष साहुखल लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबबाट बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा दर्ता भएका छन्।




असारमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक १९ गोल गर्दै उत्कृष्ट फरवार्ड बनेका सन्तोष अन्य १६ खेलाडीसँगै अघिल्लो महिना मनाङमा आबद्ध भएका थिए। सन्तोष मासिक ५० हजार रुपैयाँमा नबिल थ्री स्टारबाट मनाङ गएका हुन्। क्लबसँग अघिल्लो महिना सम्झौता गर्ने खेलाडीलाई भदौ १० भित्र दर्ता हुन एन्फाले नियमावली जारी गरेको छ।
आगामी लिग जित्ने लक्ष्यमा रहेको मनाङले एन्फामा दर्ता गराएका साहुखल पाँचौ खेलाडी हुन। अघिल्लो दिन मनाङले फ्रेन्डसबाट निराजन खडका र दीपक भुषाललाई आफ्नो व्यानरमा एन्फामा दर्ता गराएको थियो। यसैगरी अघिल्लो सिजन मनाङबाटै खेलेका मिडफिल्डर गणेश खडका र गोलकिपर विसाल श्रेष्ठको सम्झौता नविकरण गरेको थियो। आधुनिक नेपाली फुटबलमा सर्वाधिक ६ पटक शहिद स्मारक ए डिभिजन लिग जितेको मनाङ गत सिजनमा कमजोर प्रदर्शनका साथ पाँचौ स्थानमा सिमित भएको थियो।
लिगमा ५० गोल पूरा गरिसकेका सन्तोषको मनाङ तेस्रो क्लब हो। ०६० सालमा स्कुले विद्यार्थीका रुपमा थ्री स्टारबाट व्यावसायिक फुटबल सुरु गरेका सन्तोषले २०६३ को लिग एपिएफबाट खेलेका थिए भने पछिल्लो लिगमा उनी पुनः थ्री स्टारमै थिए। मनाङबाहेक हिमालयन शेर्पा क्लबले सात खेलाडी एन्फामा दर्ता गराएको छ।
मनाङसंगको सम्झौतापत्रमा एन्फामा हस्ताक्षर गरेपछि नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर साहुखलले आगामी सिजनमा थप जुझारु प्रदर्शन गर्ने बताए। 'वितेको सिजन मेरा लागि राम्रो रहयो। खासगरी मलाई वितेको सिजनमा चोटले सताएन र हरेकजसो खेलमा राम्रो प्रदर्शन भयो,' एकै वर्ष लिग तथा ब्रिटिस गोर्खा कपमा उत्कृष्ट स्ट्राइकरको पुरस्कार पाएका साहुखलले नागरिकसंग भने, 'आगामी सिजनमा झन राम्रो गर्ने मेरो योजना छ। त्यसका लागि व्यक्तीगत रुपमा पनि मेहनत गरिरहेको छु। क्लबका साथै राष्ट्रिय टोलीका लागि पनि पहिलो रोजाईमा परेर राम्रो प्रदर्शन गर्ने मेरो लक्ष्य हो।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस