काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपालका तीब्र बलर अमृत भट्टराईलाई शनिबार विश्व ट्वान्टी–२० खेल्न स्विकृति प्रदान गरेको छ। अलराउन्डर पृथु बाँस्कोटा घुँडाको चोटका कारण खेल्न नसक्ने भएपछि बंगलादेशमा मार्च १६ बाट हुने ट्वान्टी–२० विश्वकपका लागि वैकल्पिक खेलाडीमा अमृतको नाम पठाइएको थियो।नेपालले पृथु खेल्न नसक्ने भएको जनाएपछि इभेन्ट टेक्निकल कमिटीले त्यसलाई मञ्जुर गर्दै अमृतको नाममा पनि हरियो झन्डा देखाएको आइसिसीले जनाएको छ। इभेन्ट टेक्निकल कमिटीमा आइसिसी प्रमुख जिओफ एलार्डिस, बंगलादेश क्रिकेट बोर्डका निर्देशक खालेद महमुद, श्रीलंकाका पूर्वखेलाडी रुसेल आर्नोल्ड र जिम्बावेका पोमी एमबाङवा छन्।
देब्रेहाते तीब्र बलर अमृत नोभेम्बरमा युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा नेपाली टोलीमा रहे पनि उनलाई जनवरीमा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा राखिएको थिएन। पृथुले विश्व ट्वान्टी–२० छनोट पनि चोटकै कारण गुमाएका थिए।