आबुखैरेनी– गोरखाका ज्ञानबहादुर भट्टराईले आइतबार प्रथम आबुखैरेनी खुला मिनी म्याराथनको उपाधि जितेका छन्। ३८ मिनेटमा १२ किलोमिटर दौड पूरा गर्दै ज्ञानबहादुरले २० हजार रुपैयाँ पुरस्कार जिते। कीर्तिमानी धावक वैकुण्ठ मानन्धरबाट दुई वर्ष अघिदेखि प्रशिक्षण लिइरहेका ज्ञानबहादुरको दौडमा यो तेस्रो उपाधि हो। '२०६८ मा चितवन, गत वर्ष चापागाँउमा उपाधि जितेको थिए। यो तेस्रो हो। वैकुण्ठ गुरुबाट पुरस्कार लिदा दोहोरो खुसी भइरहेको छ,' २७ वर्षे ज्ञानबहादुरले भने, 'आउने दिनमा प्रशिक्षणलाई निरन्तरता दिनेछु।'
सत्रसयबाट सुरु भई आबुखैरेनी बजारको विभिन्न स्थान हुँदै चोकमा सम्पन्न भएको रुटमा ६४ धावकले प्रतिस्पर्धा गरेका थिए। अभनिश डिस्टिलरीको मुख्य प्रायोजन तथा लाइन्स एन्ड लियो क्लब अफ आबु खैरेनी र आबुखैरेनी युनोस्को क्लबको संयुक्त आयोजनामा भएको मिनी म्याराथनमा अमृत अर्याल (३८ मिनेट १ सेकेन्ड) दोस्रो र भीमबहादुर श्रेष्ठ (३९ मिनेट ११ सेकेन्ड) तेस्रो भएका थिए।
अमृतले १५ र भिमबहादुरले १० हजार रुपैयाँ प्राप्त गरे। विजेतालाई कीर्तिमानी धावक मानन्धरले पुरस्कृत गरे। आयोजकले मानन्धरलाई पनि २० हजार रुपैयाँसहित सम्मान गर्योर। लाइन्स क्लबका अध्यक्ष महेन्द्रमोहन अधिकारीले दौड सफलतापूर्वक सम्पन्न भएकोले हरेक वर्ष आयोजनालाई निरन्तरता दिने बताए। लियो क्लबका अध्यक्ष राजु श्रेष्ठले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याजएकोमा स्थानीय बासिन्दालाई धन्यवाद दिए। युनोस्कोका अध्यक्ष रत्न श्रेष्ठले दौड आयोजनाले आबुखैरेनीको चिनारीलाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरे। उनले मुख्य प्रायोजक अभनिश डिस्टिलरीप्रति आभार प्रकट गरे।