काठमाडौं– नेपालले विश्व ट्वान्टी–२० मा खेल्ने जर्सी आइतबार सार्वजनिक गरिएको छ। सिंगापुरको सिंगा स्टिलको बिएस स्पोर्टसले नेपाली क्रिकेटको जर्सी तयार पारेको हो। बिएसले २ महिनाअघि नेपाल क्रिकेट संघसँग ३ वर्षका लागि जर्सी प्रायोजन सम्झौता गरेको थियो। सिंगापुर राष्ट्रिय टोलीका कप्तान एवं बिएस स्पोर्टसका अध्यक्ष साद खानले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा र बिएस स्पोर्टसका प्रमुख कार्यकारी अली बब्बरले राष्ट्रिय टोलीका वरिष्ठ खेलाडी शक्ति गौचनलाई जर्सी प्रदान गरेका थिए।
विश्व ट्वान्टी–२० मा नेपाली टोलीले लगाएर खेल्ने जर्सीमा दुवै पाखुरामा क्रमश र बिएस र प्रमुख प्रायोजक स्टयान्डर्ड चाटर्ड बैंकको लोगो हुनेछ। त्यस्तै अगाडीको मुख्य भागमा नेपाल लेखिएको छ भने छातीको दुवै भागमा विश्व ट्वान्टी–२० र नेपाल क्रिकेट संघ (क्यान) को लोगो छ। क्यानको लोगोमा रहेको नेपालको झन्डामा सेतो घेरा छ। जबकी नेपालको झन्डा निलो रंगले घेरिएको हुनुपर्छ। पछाडीको भागमा खेलाडीको नाम र जर्सी नम्बर लेखिएको छ।
विश्व ट्वान्टी–२० मार्च १६ बाट बंगलादेशमा सुरु हुँदैछ। प्रतियोगिताको तयारीका लागि २० सदस्यीय नेपाली टोली आइतबार युएई लागेको छ। नेपालले युएईमा एक हप्ता प्रशिक्षण गर्नुका साथै युएई र नेदरल्यान्ड्सविरुद्ध दुई अभ्यास खेल खेल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को रेखदेखमा नेपालसहित विश्व ट्वान्टी–२० खेल्ने एसोसिएट राष्ट्रहरु आयरल्यान्ड, अफगानिस्तान, युएई, नेदरल्यान्ड्स र हङकङले दुबईमा विशेष प्रशिक्षण लिनेछन्।