काठमाडौं– अनिल मण्डलको कप्तानीमा नेपाली टोलीले बनारसमा हुने चौथो अल इन्डिया सर भिजी मेमोरियल क्रिकेट प्रतियोगितामा भाग लिने भएको छ। प्रतियोगिता मार्च ९ देखि १५ सम्म हुनेछ। क्यान–११ को नामबाट खेल्ने नेपाली टोलीमा महेश क्षेत्री, भुवन कार्की, रामनरेश गिरी, राजकुमार प्रधान, चन्द्र साउद, आरिफ शेख, विभत्सु थापा, महबुब आलम, प्रकाश विष्ट, राजेश पुलामी, फैजरुल अहमद, सुनील धमला, हासिम अन्सारी छन्। नेपाल क्रिकेट संघ (क्यान) का सदस्य किरण राणा टोली व्यवस्थापक छन्।
जनवरी अन्तमा हुन लागेको प्रतियोगिता वर्षाका कारण पछाडि सरेको थियो। यसअघि नरेश बुढाएरको कप्तानीमा क्यान–११ ले खेल्न लागेको थियो। नरेश विश्व ट्वान्टी–२० लाई नेपाली टोलीमा छानिएपछि अनिलले नेतृत्व गर्ने अवसर पाएका हुन्। वाराणासी क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख भारु पाउने छन्। नेपाली टोलीमा मार्च ७ मा भारत जानेछ।