काठमाडौं– सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बुधबार ब्रिगेड ब्वाइज र सातदोबाटो युवा क्लब विजयी भएका छन्। दशरथ रंगशालामा दिपेन राईले निर्णायक गोलमा ब्रिगेड ब्वाइजले बाँसबारी युवा क्लबलाई ३–२ ले पराजित गर्योड। २–२ को बराबरीमा अगाडि बढिरहँदा ब्रिगेडका दिपेनले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। उनले बाँसबारीका तीन रक्षक पन्छाउँदै गोल गर्न सफल भएपछि ब्रिगेडले पहिलो खेलमा सफलता पायो। दिपेनले त्यसअघि नै गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।
बुधबार बाँसबारीले दुईपटक अग्रता लिए पनि जोगाउन सकेन। सुरुआतमा बाँसबारीले विमल रानाको गोलबाट अग्रता लियो। विमलले नवौं मिनेटमै गोल गरेका थिए। लगत्तै तीन मिनेटपछि ब्रिगेडका जंगबहादुर राईले गोल गरी खेल १–१ को बराबरीमा ल्याए। राज कन्दङ्वाले १७औं मिनेटमा गोलपछि बाँसबारीले फेरि अग्रता लियो। त्यसलाई दिपेनले ३५औं मिनेटमा गोल गरेपछि पहिलो हाफ २–२को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा ब्रिगेडको दुई सशक्त आक्रमण सफल भएन।
ब्रिगेडका सुजित बुढाथोकीले एक्लो प्रयासमा ७९औं मिनेटमा बाँसबारीका गोलकिपर रविचन्द्र थापासँग वान भर्सेस वानमा गरेको प्रहार पोस्ट बाहिर गयो। ८८औं मिनेटमा ब्रिगेडका प्रताप सिंहको प्रहार बाँसबारीका गोलकिपरको हातबाट छुट्दै बल पोलमा लागेर फर्कियो। बाँसबारीले ८१औं मिनेटमा खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेन। केशव नेपालीको क्रसमा अभिषेक लोप्चनको वान टच प्रहार पोलमा लागेर फर्कियो।
ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो खेल जित्दा टोलीको मनोबल बढ्ने बताए। उनले भने, …लिगको पहिलो खेल जित्दा खुसी छु। यसले टिमको मनोबल बढ्नेछ। सुरुआतमा रक्षकको गल्तीले गोल खायौं । पछि सबै पोजिसनका खेलाडीले मिहिनेत गरेपछि खेलमा फर्कन सफल भयौं।' श्रेष्ठले टोलीमा अनुभवी खेलाडी रहेको र धरान एकेडेमीबाट ७ खेलाडी ल्याइएको जनाए। उनले टोलीको लक्ष्य ए डिभिजन उक्लनु रहेको बताए।
बाँसबारीका प्रशिक्षक राजेश श्रेष्ठले अनुभवको कमीले सुरुआतको खेल हार्नुपरेको बताए। उनले भने, …खेलमा दुईपल्ट अग्रता लिएर पनि जोगाउन सकिएन। टिममा अनुभवी खेलाडी कमी छ। आउँदा खेलमा हामी सुधारिएको प्रदर्शन गर्नेछौं। अग्रता लिइसकेपछि पनि खेलाडी समन्वय र बल होल्ड गर्न सकिएन। आजको नतिजाले अन्य खेलमा सफलता प्राप्त गर्न सहयोग गर्नेछ।'
अर्को खेलमा सातदोबाटोले मध्यपुर युथमाथि २–० को विजय पाएको थियो। सातदोबाटोबाट वीरेन्द्र मगरले ५२औं र विजय गुरुङले इन्जुरी समयमा गोल गरेका थिए।