काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेट तयारीका लागि युएईमा रहेको नेपाली टोली बिहीबार पहिलो अभ्यास खेलमा पराजित भएको छ। नेदरल्यान्ड्सले नेपाललाई ४४ रनले पराजित गर्योा। दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमी मैदान–१ मा नेपालले टस जितेपछि ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले २० ओभरमा ६ विकेट गुमाई १ सय ९५ रन बनायो। जवाफमा नेपालले ७ विकेट गुमाई १ सय ५१ रनमात्र बनाउन सक्यो।विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान ३९ रन बनाए। २९ बलको अविजित इनिङ्समा विनोदले ४ चौका र १ छक्का प्रहार गरे। ज्ञानेन्द्रले ३० बल खेली ५ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय सुवास खकुरेल २ र सागर पुन १५ रनमा आउट भए। कप्तान पारस खड्काले २१ बलमा ३१ रन बनाए। उनले ३ चौका र १ छक्का प्रहार गरे।
शरद भेषावकर ८ बलमा १ छक्का प्रहार गर्दै १३ रनमा आउट भए। प्रदीप ऐरीले खाता खोल्न सकेनन् भने वसन्त रेग्मी १ रन बनाए। शक्ति गौचन ३ रनमा अविजित रहे। नेदरल्यान्ड्सका मुदासर बुखारी र लोगान भान विकले २–२ तथा पिटर सिलार र अशान मलिकले १–१ विकेट लिए।
यसअघि नेदरल्यान्ड्सबाट ओपनर बेन कुपरले सर्वाधिक ६५ रन बनाए। उनले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान पिटर बोरेनले ६२ रनको आक्रामक इनिङ्स खेले। २९ बल खेलेका उनले २ चौका र ४ छक्का हाने। बुखारी ३१ रनमा आउट भए भने टिम ग्रुटर्स १८ रनमा अविजित रहे।
नेपालबाट सोमपाल कामी र जितेन्द्र मुखियाले २–२ विकेट लिए। सोमपालले ४ ओभरमा २४ र जितेन्द्रले ३३ रन खर्चे। अमृत भट्टराई र वसन्तले १–१ विकेट लिए। अमृतले ३ ओभरमा ४२ र वसन्तले ४ ओभरमा ४८ रन खर्चेका थिए। शक्ति गौचनले ४ ओभरमा २८ र सागर पुनले १ ओभरमा १७ रन खर्चे।
नोभेम्बरमा युएईमै भएको विश्व ट्वान्टी–२० को समूह चरणमा पनि नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो। पराजयका बाबजुद नेपाल विश्व ट्वान्टी–२० लाई छानिएको थियो। प्रतियोगिता बंगलादेशमा अर्को साता सुरु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्व ट्वान्टी–२० खेल्न लागेका नेपाल र नेदरल्यान्ड्ससहित आयरल्यान्ड, अफगानिस्तान, युएई र हङकङलाई दुबईमा विशेष प्रशिक्षणको व्यवस्था मिलाउँदै अभ्यास खेल व्यवस्था गरेको हो। नेपालले बिहीबार युएईसँग फ्लड लाइटमा खेल्नेछ।