काठमाडौं– सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा बिहीबार श्रीकुमारी र च्यासल युवा क्लबले १–१ को बराबरी खेलेका छन्। दशरथ रंगशालामा बिहीबारै विवेक गुरुङको गोलमा लाँलीगुरास पुल्चोक स्पोर्टसले महावीर क्लबलाई २–१ ले पराजित गर्योथ।बी लिगको ६ खेलमा बिहीबार बराबरी पहिलो खेल हो। च्यासल र श्रीकुमारी दुवैले दोस्रो हाफमा गोल गरे। सुरुआती गोल च्यासलले गर्यों। सौजन राईले ५६औं मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाए। खेल सकिनु ६ मिनेटअघि श्रीकुमारीका तीर्थबहादुर रानाले ८४औं मिनेटमा बराबरी गोल फर्काएपछि दुवै टोलीले अंक बाँडे।
दोस्रो खेलमा विवेकले अन्तिम मिनेटमा गोल गरेपछि पुल्चोकले ३ अंक पक्का पार्योब। त्यसअघि सुरुआती अग्रता पनि पुल्चोकले लियो। मनिष श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे। तर, दोस्रो हाफको सुरुआतमा बराबरी गोल गर्दै महावीर खेलमा फर्कियो। महावीरका कृष्ण गिरीले ५२औं मिनेटमा बराबरी गोल फर्काए। अन्तिम समयमा सम्हालिन नसकिँदा महावीरले हार टार्न सकेन।
बी डिभिजनमा सहभागी १३ मध्ये १२ टोलीले पहिलो खेले खेलिसकेका छन्। त्यसमा ७ टोलीले अंक जोडेका छन् भने ५ टोली अंकविहीन छन्। सक्षमनगर, सातदोबाटो, बौद्ध, ब्रिगेड ब्वाइज, पुल्चोकसँग ३–३ अंक छ। श्रीकुमारी र च्यासलसँग १–१ अंक छ। बाँसबारी, वीरगन्ज, महावीर, मध्यपुर र सामाजिकले पहिलो खेलबाट अंक जोड्न सकेनन्। टुसासले पहिलो खेल खेल्न बाँकी छ।