काठमाडौं– पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फा) लाई फ्रेन्ड्स क्लबविरुद्धको कारबाही रोक्न आदेश दिएको छ। पुनरावेदनका मुख्य न्यायाधीश गोपाल पराजुलीको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै कारबाही रोक्न भनेको हो। सहिद स्मारक ए डिभिजन फुटबलको नियमावलीमा अभद्र व्यवहारको घटनामा कारबाही गर्ने लेखिएको भए पनि जरिवानाको रकम उल्लेख नभएको र नियमले खेल्न प्रतिबन्ध लगाएकोमा उपस्थितिमै बन्देज लगाउने एन्फाको कदम प्रथम दृष्टिमा नै नमिलेको उल्लेख गर्दै अदालतले एन्फाको निर्णय हाल कार्यान्वयन नगर्न आदेश दिएको हो।
फ्रेन्ड्सका उपाध्यक्ष दीपक थापा, टिम म्यानेजर अरबिन्द सिंह, अफिसियल विश्वासविक्रम शाहलाई एन्फाले कारबाही थियो। लिगअन्तर्गत माघ १५ मा थ्री स्टारविरुद्ध खेल्दा रेफ्री श्रवण लामाको निर्णयप्रति आपत्ति जनाउँदै रेफ्रीमाथि हातपातसमेत गरेको अभियोगमा उनीहरूलाई एन्फाले कारबाही गरेको थियो।
अरबिन्दलाई १ वर्ष, दीपकलाई ६ महिना र विश्वासलाई ३ महिना एन्फाले गर्ने प्रतियोगितामा प्राविधिक क्षेत्र र भिआइपी कक्षमा जान प्रतिबन्ध लगाएको छ। त्यस्तै एन्फाले क्लबलाई १५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ। सो कारबाहीपछि फ्रेन्ड्स लिग रोक्ने माग गर्दै अदालत पुगेको थियो। तर फ्रेन्ड्सका अध्यक्ष रत्न शम्शेर राणाले अदालतमै उपस्थित भएर आफूले लिग रोक्न नचाहेको प्रस्ट गरेपछि मुद्दा टुंगिएको थियो। त्यसपछि फ्रेन्ड्सका उपाध्यक्ष थापासहितका पदाधिकारीले एन्फाको कारबाहीविरुद्ध बुधबार अदालतमा अर्को मुद्दा दर्ता गराएका थिए।