काठमाडौं- रमेश अधिकारीले सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फको उपाधि जितेका छन्। चारवर्षे व्यावसायिक खेलजीवनमा यो उनको दोस्रो उपाधि हो। तीन वर्षअघि उनले घनश्याम ओपन जितेका थिए। सूर्य नेपाल गल्फ टुर २०१३/१४ अन्तर्गत सातौं प्रतियोगिताको उपाधि जित्ने क्रममा रमेशले बिहीबार दीपक थापामगरलाई हराए। रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न ३६ होलको म्याच प्लेमा एक होलअघि २–१ ले हराउँदै रमेशले उपाधि जितेका हुन्। रमेशले ५० हजार र दीपकले ३० हजार रुपैयाँ पुरस्कार पाए।
रमेशले सुरुआती नौ होलमा ४ होलको अग्रता लिए भने १८ होल समाप्तिमा दीपकसँग उनको अग्रता २ मा झरेको थियो। त्यस्तै २७ होल सकिँदा ३ होलले अगाडि रहेका रमेशलाई लगातार दबाबमा राख्दै ३१, ३२ र ३४औं होल जित्दै दीपकले उक्त अग्रता १ मा झारे पनि ३५औं होलमा खेल बिगार्दा उपाधि रमेशलाई सुम्पन पुगे।
सन् २००७ का सूर्य नेपाल च्याम्पियन तथा चौथो वरियताका दीपक थापामगरले करियरको ११औं उपाधि जित्ने मौका गुमाए।
'अन्तर १ होलमा झार्दा म निकै दबाबमा थिएँ। २८ होल समाप्तिमा ४ होलको अग्रता लिँदा उपाधि जित्नेमा विश्वस्त थिएँ,' रमेशले भने, 'समग्रमा पहिलो १८ होल राम्रो खेलेपछि पछिल्लो राम्रो हुन सकेन।'
उनले आफ्नो जितमा क्याडी गोपाल श्रेष्ठलाई धन्यवाद दिए। 'मेरो जितमा गोपालको भूमिका महŒवपूर्ण रह्यो,' उनले थपे, 'यो जितले मनोबल बढेको छ। यद्यपि मैले केही ठाउँमा सुधार्न आवश्यक छ। आउने दिनमा राम्रो गर्ने विश्वास लिएको छु।'
उपविजेता दीपकले थकित महसुस गरेकाले पहिलो १८ होल राम्रो नभएको बताए। 'पछिल्लो १८ होलमा राम्रो गर्ने प्रयास गरेको हुँ। तर एउटा खराब सटका कारण हार्नुपर्योर,' उनले प्रस्ट्याए।
त्यसअघि नम्बर एक व्यावसायिक गल्फर आरएनजिसीका शिवराम श्रेष्ठ त्रिभुवन आर्मी अफिर्सस क्लबका सञ्जय लामालाई ३–२ ले हराउँदै तेस्रो भए। अघिल्लो संस्करणका विजेता शिवरामले २२ हजार र सञ्जयले १८ हजार रुपैयाँ पाए।
क्वार्टरफाइनलमा पराजित दीपक आचार्य, धन थापा, रमेश नगरकोटी र तोरणविक्रम शाहीले जनही १० हजार पाए।
पहिलो चरणमा पराजित ८ व्यावसायिक गल्फर सचिन भट्टराई, सूर्यप्रसाद शर्मा, पशुपति शर्मा, राम थापा, उमेश नगरकोटी, सिबी भण्डारी, मणि राई र रवी खड्काले जनही ५ हजार पाए। वरियताका आधारमा उत्कृष्ट १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
विजेतालाई नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, सूर्य नेपालका ब्रान्ड म्यानेजर केशव प्रधान र एनपिजिएका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरे। सूर्य नेपाल टुरअन्तर्गत आठौं प्रतियोगिता सिएमएस ओपन सोमबार गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ।