काठमाडौं– नयाँबस्ती सक्षमनगर युवा क्लबले सहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित पाएको छ। शुक्रबार सोम थापाको दुई गोलमा सक्षमनगरले टुसाल युथलाई २–० ले हरायो। सोम बौद्धका पूर्वखेलाडी हुन्। उनले पाँचौं र २६औं मिनेटमा गोल गरेका थिए। खेलेको दुवै खेल जितेको सक्षमनगर ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ। सक्षमनगरले पहिलो खेलमा सामाजिक युथविरुद्ध ३–० को विजय पाएको थियो। २३औं मिनेटमा टुसालले पेनाल्टी अवसर पाए पनि सदुपयोग गर्न सकेन। स्ट्राइकर सोनाम दोर्जे शेर्पालाई सक्षमनगरका गोलकिपर कृष्ण चौधरीले फाउल हानेपछि टुसालले पेनाल्टी पायो। कृष्णले पहेँलो कार्ड पाए। सोनामले पेनाल्टी बाहिर हानेपछि टुसालले खेलमा फर्कने मौका गुमायो।
सक्षमनगरका प्रशिक्षक देवेन्द्रजंग शाहीले टिमको ए डिभिजन पुग्ने लक्ष्य रहेको बताए। उनले भने, 'हामी नयाँ र अनुभवी खेलाडीको समन्वय मिलाउन जोड दिइरहेका छौं। प्रदर्शन विस्तारै राम्रो हुँदै गएको छ। योभन्दा अझ धेरै राम्रो टिमले खेल्न सक्छ। मलाई विश्वास छ हामी यो वर्ष ए डिभिजनमा प्रवेश गर्छौं।' सोमसहित टोलीमा आरसिटीबाट खेलिसकेका विकास राई पनि छन्।
टुसाल क्लबका प्रशिक्षक राजन केसी शुक्रबारको खेलमा उपस्थित भएनन्। केसीको स्थानमा क्लब अध्यक्ष विजय लामाले नै प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। लामाले पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा हार्नुपरेको बताए । उनले भने, 'खेलमा फर्कने अवसर खेर फाल्दा हामीले दबाबको सामना गर्नुपर्योस। टिममा अनुभवको कमी देखियो। टिम राम्रो छ, अर्को खेल जित्ने प्रयास गर्छाैं।'
अर्को खेलमा सामाजिक युवाले बाँसबारी क्लबलाई २–० ले हरायो। भक्तबहादुर भण्डारीले १८औं र शक्ति राईले इन्जुरी समयमा गोल गरेका थिए। बाँसबारी जारी लिगमा लगातार दोस्रो खेलमा पराजित भयो। बाँसबारी अघिल्लो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ ले हारेको थियो।
शनिबार वीरगन्ज युथ र मध्यपुर युथ तथा ब्रिगेड र च्यासल युथबीच प्रतिस्पर्धा हुने छन्।