काठमाडौं– अनिश थापा मगर र विन्द्रा श्रेष्ठ रोड शो हाफ म्याराथनको विजेता बनेका छन्। शनिबार भएको हाफ म्याराथन (२१ कि.मि) पर्वतका अनिशले १ घण्टा १० मिनेट ०८ सेकेन्डमा पुरा गरे। महिला हाफ म्याराथनमा एपीएफकि विन्दा श्रेष्ठ विजयी भइन। विन्द्राले १ घण्टा ३२ मिनेट २८ सेकेन्डमा दौड पुरा गरिन्।
पुरुष तर्फ आर्मीका राजन खत्री दोस्रो र आर्मीकै ज्ञान बहादुर भट्टराई तेस्रो भए। एपीएफका लक्ष्मण मल्ल ठकुरी चौथो र एपीएफकै खिम बहादुर खत्रीले पाँचौ स्थान प्राप्त गरे।
महिला तर्फ एपिएफकै कृश्णेश्वर सिन्तकला दोस्रो, गीता खत्री तेस्रो बने। आर्मीकी सरिता बासी चौंथो र काठमाडौंकी सरस्वति खड्काले पाँचौ स्थान प्राप्त गरिन्। म्याराथन रोटरी क्लब अफ वागमती र काठमाडौं राउन्ड टेबल–१ को संयुक्त आयोजनामा भएको हो।